भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान
Pragnya Sarathi प्रज्ञा-सारथि · 2023
DOI: 10.3126/ps.v21i1.59653 ↗At a glance
Journal article in Pragnya Sarathi प्रज्ञा-सारथि, 2023. Written by गणेशप्रसाद Ganeshprasad शर्मा Sharma. The full text is freely available (open access, CC BY-NC 4.0).
Abstract (original language)
यो लेख भाषाविज्ञानको उद्भव र विकासमा संस्कृत भाषा र व्याकरणको अध्ययन परम्पराले पु¥याएको योगदानमा आधारित रहेको छ । संस्कृत भाषाका विद्वान्आचार्यहरूले भाषा र व्याकरणको खोजअन्वेषणका क्रममा आधुनिक भाषाविज्ञानलाई पृष्ठपोषण प्राप्त हुने केकस्तो योगदान पु¥याएका छन्भन्ने मूल समस्याको समाधानमा केन्द्रित भएर उक्त समस्याको विश्लेषण गर्ने उद्देश्य रहेको छ । यही उद्देश्यको सीमामा रही मुख्यतः पुस्तकालय र आंशिक रूपमा क्षेत्रीय अध्ययनविधिको प्रयोग गरेर संस्कृत परम्परामा भएका भाषावैज्ञानिक गुणका अध्ययन कार्य र त्यसले आधुनिक भाषाविज्ञानको विकासमा पु¥याएको योगदानलाई यसमा सङ्क्षिप्त रूपमा देखाइएको छ । आधुनिक भाषाविज्ञानको वैज्ञानिक विकास १९औँ शताब्दीदेखि पश्चिमबाट थालनी भएको देखिए पनि पूर्वीय संस्कृत परम्पराका वैदिकयुग, पाणिनियुग र पाणिनिउत्तर युगसम्मको अतिदीर्घ समयावधिमा विद्वान्आचार्यहरूले भाषा र व्याकरणको निकै सम्पन्न परम्परा स्थापित गरेका छन्। यसले आधुनिक भाषाविज्ञानको उद्भव र विकासमा आवश्यक पृष्ठभूमि प्रदान गरेको छ । तसर्थ आधुनिक भाषाविज्ञानको श्रीवृद्धिमा पूर्वीय संस्कृत भाषा र व्याकरण परम्पराको योगदान अविस्मरणीय रहेको छ भन्ने कुरालाई यसमा देखाइएको छ ।
Cite
APA
Sharma, ग. G. श. (2023). भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान. Pragnya Sarathi प्रज्ञा-सारथि. https://doi.org/10.3126/ps.v21i1.59653
Vancouver
Sharma गGश. भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान. Pragnya Sarathi प्रज्ञा-सारथि. 2023. doi:10.3126/ps.v21i1.59653
BibTeX
@article{Sharma2023,
author = {Sharma, गणेशप्रसाद Ganeshprasad शर्मा},
title = {भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान},
journal = {Pragnya Sarathi प्रज्ञा-सारथि},
year = {2023},
doi = {10.3126/ps.v21i1.59653}
}
EUVIMED