EUVIMEDEUVIMED entdecken
Crossref

आसामेली नेपाली भाषाका साहित्यकारहरू र पत्रपत्रिकाको योगदान

Bishnu Neupane

Southwestern Research Journal · 31.12.2025 · 3 (1) · 22-32

DOI: 10.3126/srj.v3i1.93317 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Southwestern Research Journal, online erschienen am 31.12.2025. Verfasst von Bishnu Neupane.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

नेपाली भाषा नेपालमा र नेपालीहरूको बाहुल्य रहेको भारतका विभिन्न स्थानहरूमा र नेपालीहरू पुगेका विश्वका विभिन्न स्थानमा बोलचालको भाषा र सम्पर्क भाषाका रूपमा रहेको छ । साहित्य सिर्जनाका दृष्टिले पनि यो भाषा सबल र संवृद्धशाली रहेको छ । नेपालमा बसोवास गर्ने नेपालीहरू र नेपालबाहिर रहेका नेपाली भाषीहरूले यस भाषामा प्रशस्त साहित्य सिर्जना गरेका छन् । यो भाषाप्रति नेपालीको मात्र होइन नेपालबाहिर भारतका विभिन्न स्थानमा बसोबास गरिरहेका भारतीय नेपालीको पनि चिन्ता र चासोको विषय रहेको छ । नेपालबाट काम, माम र शिक्षाका सिलसिलामा भारतको आसाम, बनारस, दार्जीलिङ, देहरादुन, जलपाइगुडी आदि क्षेत्रमा पुगेका नेपालीभाषीहरू नेपाली भाषाप्रति सम्मान र आस्था पनि प्रकट गर्दछन् । त्यहाँ बसोबास गर्ने नेपालीहरूले नेपाली भाषा र साहित्य सिर्जना गरी नेपाली साहित्य भण्डारमा यथेष्ट योगदान दिएका तथा नेपाली भाषा र साहित्यको संरक्षण र संबर्धनमा योगदान पुर्‍याएका छन् । प्रस्तुत गुणात्मक अनुसन्धान ढाँचामा अन्वेषित यो लेख पुस्तकालयीय अध्ययन कार्यका आधारमा द्वितीय स्रोतका सामग्री र तथ्यहरूको सङ्कलन, व्याख्या र उपलब्ध अभिलेख सामग्रीहरूको विश्लेषण गरी नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान र प्रवर्धनमा भारतीय नेपाली साहित्यकारहरू र पत्रपत्रिकाको योगदानको विवरणात्मक र विश्लेषणात्मक विधिद्वारा समीक्षा गरी निष्कर्षीकरण र सामान्यीकरण गरिएको छ । यस लेखमा भारतीय भूमि खासगरी आसाम, वनारस, देहरादुन र जलवाईगुडीमा रहेका नेपालीहरू जसलाई भारतीय नेपाली पनि भनिन्छ, तिनीहरूको नेपाली भाषाप्रतिको माया, ममता; नेपाली भाषाको उत्थान, संरक्षण, संबर्धन तथा संवृद्धिमा योगदान र उनीहरूद्वारा सिर्जना गरिएका नेपाली साहित्य सम्बन्धमा विवरणात्मक र विश्लेषणात्मक समीक्षा गरी निष्कर्ष निकालिएको छ ।

Zitieren

APA

Neupane, B. (2025). आसामेली नेपाली भाषाका साहित्यकारहरू र पत्रपत्रिकाको योगदान. Southwestern Research Journal, 3(1), 22-32. https://doi.org/10.3126/srj.v3i1.93317

Vancouver

Neupane B. आसामेली नेपाली भाषाका साहित्यकारहरू र पत्रपत्रिकाको योगदान. Southwestern Research Journal. 2025;3(1):22-32. doi:10.3126/srj.v3i1.93317

BibTeX
@article{Neupane2025,
  author = {Neupane, Bishnu},
  title = {आसामेली नेपाली भाषाका साहित्यकारहरू र पत्रपत्रिकाको योगदान},
  journal = {Southwestern Research Journal},
  year = {2025},
  volume = {3},
  number = {1},
  pages = {22--32},
  doi = {10.3126/srj.v3i1.93317}
}
Kostenlos starten →