EUVIMEDEUVIMED entdecken
Crossref

निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया

जीवन Jivan श्रेष्ठ Shrestha

Curriculum Development Journal · 2023

DOI: 10.3126/cdj.v31i45.68991 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Curriculum Development Journal, 2023. Verfasst von जीवन Jivan श्रेष्ठ Shrestha.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत शोधलेखमा स्नातक तह अनिवार्य नेपाली विषयमा गरिने निबन्ध लेखन शिक्षणका विधि र प्रक्रियाबारे समीक्षा गरिएको छ । निबन्ध लेखन भाषिक अभिव्यक्तिको विशिष्ट परिष्कृतगद्यरूप हो । यसको शिक्षण लेखन सिप विकासका लागि गरिन्छ । यस तहको निबन्ध लेखन शिक्षण स्वतन्त्र एवम् आत्मपरकदेखि निर्देशित वस्तुपरक निबन्ध लेखनका साथै निबन्धात्मक प्रश्नोत्तर हुँदै शोधलेखनसम्मको व्यापक आयामतर्फ उन्मुख छ । यसै सन्दर्भमा प्रस्तुत लेख स्नातक तहमा निबन्ध लेखन शिक्षण के कसरी गराउन सकिन्छ भन्ने समस्यामा केन्द्रित रहेर यसको समाधान खोजिएको छ । यसका लागि निबन्ध, निबन्ध लेखन र यसको शिक्षण प्रक्रिया सम्बन्धका द्वितीयक स्रोतका सामग्रीबाट सन्दर्भको खोजी गरिएको छ र तिनलाई स्नातक तहको पाठ्यक्रमले तय गरेको विशिष्ट उद्देश्य र यसको प्रयोग–सन्दर्भका परिप्रेक्ष्यमा विश्लेषण गरिएको छ । यस क्रममा व्याख्या एवम् विश्लेषण विधिको प्रयोग गरी निबन्ध शिक्षणको औचित्य र यसको शिक्षण प्रक्रिया निक्र्यौल गरिएको छ । यस आधारमा निबन्ध लेखन शिक्षणका सन्दर्भमा निबन्ध लेख्नुअघि मानसिक तयारी, विषय र शीर्षक छनोट, सीमाङ्कन, प्रापक निर्धारण, उद्देश्य निर्धारण, युक्ति, अभिव्यक्ति वा शैली निर्धारण, बुँदा र अनुच्छेद योजनामा ध्यान दिनुपर्छ भने यो लेखिसकेपछि निबन्ध समीक्षा फारामको प्रयोगगरी परिष्कार र परिमार्जन गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । यसको शिक्षण प्रक्रियामा अनुमानित अनुच्छेदका आधारमा विद्यार्थी समूह बनाई अभिनय विधिका माध्यमबाट निबन्धको बाह्य संरचनाको अवधारणा प्रष्ट पार्न सकिन्छ । त्यस्तै यसको आन्तरिक संरचनाको शिक्षणका लागि अनुच्छेद योजना र यसको संरचनाबारे सोदाहरण शिक्षण गर्न सकिन्छ ।यसरी गरिएको निबन्ध लेखनको शिक्षणले विद्यार्थीको साहित्यिक एवम् साहित्येतर गद्य लेखन क्षमताको विकासमा सहयोग गर्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Zitieren

APA

Shrestha, ज. J. श. (2023). निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया. Curriculum Development Journal. https://doi.org/10.3126/cdj.v31i45.68991

Vancouver

Shrestha जJश. निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया. Curriculum Development Journal. 2023. doi:10.3126/cdj.v31i45.68991

BibTeX
@article{Shrestha2023,
  author = {Shrestha, जीवन Jivan श्रेष्ठ},
  title = {निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया},
  journal = {Curriculum Development Journal},
  year = {2023},
  doi = {10.3126/cdj.v31i45.68991}
}
Kostenlos starten →