स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आठराई त्रिवेणी गाउँपालिका
Research Journal · 31.12.2025 · 10 (1) · 171-183
DOI: 10.3126/rj.v10i1.93023 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Research Journal, online erschienen am 31.12.2025. Verfasst von शान्तिराम नेपाल.
Abstract (Originalsprache)
विद्यालय शिक्षाको पाठ्यक्रमसम्बन्धी मूल मार्गदर्शक दस्तावेजको रूपमा रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम मातृभाषामा शिक्षा पाउने अवस्थाको सुनिश्चितताका लागि स्थानीय पाठ्यक्रमको व्यवस्था गरेको छ । स्थानीय ज्ञान, सिप तथा प्रविधि आदिको विकास र स्तरोन्नति गर्न तथा स्थानीय आवश्यकता, रुचि र सामाजिक, सांस्कृतिक अभ्यासहरूमा केन्द्रित भई स्थानीय पाठ्यक्रम निर्माण गर्न यसले मार्गदर्शन प्रदान गरेको छ । निर्देशिकाले तय गरेअनुसार स्थानीय पाठ्यक्रम विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू तथा बुद्धिजीवीहरू सम्मिलित भई निर्माण गरिने प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रमको अवधारणा, स्थानीय पाठ्यक्रम विकासका लागि हालसम्म भएका अभ्यास, ताप्लेजुङ जिल्ला अन्तर्गत रहेको आठराई त्रिवेणी गाउँपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्थालाई उजागर गर्ने प्रयास गरिएको छ । स्थानीय पाठ्यक्रम विकासको नीतिगत व्यवस्था र हालसम्म गरिएका अभ्यासहरूको विश्लेषण गर्नुका साथै आधारभूत तहमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनको अवस्था पत्ता लगाउनु यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययन कार्यमा प्राथमिक र द्वितीय साधन र स्रोतको प्रयोग गरिएको छ । यो अध्ययन वर्णनात्मक एवम् विश्लेषणात्मक विधिमा आधारित भई तयार गरिएको छ । निष्कर्षमा केही संस्थागत विद्यालयमा बाहेक सबै सामुदायिक विद्यालयमा गाउँपालिकाको सक्रियतामा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विकास गरी कार्यान्वयन भएको देखिन्छ । विशेष प्राविधिक सहयोग बाहेक स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गरेको हुँदा स्थानीय ज्ञान, सिप, प्रविधिको विकासमा गाउँपालिकाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । यसका अलावा संस्थागत विद्यालयमा पनि समुदायको माग बमोजिम स्थानीय पाठ्यक्रम अनिवार्य लागु गराउन आवश्यक छ ।
Zitieren
APA
नेपाल, श. (2025). स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आठराई त्रिवेणी गाउँपालिका. Research Journal, 10(1), 171-183. https://doi.org/10.3126/rj.v10i1.93023
Vancouver
नेपाल श. स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आठराई त्रिवेणी गाउँपालिका. Research Journal. 2025;10(1):171-183. doi:10.3126/rj.v10i1.93023
BibTeX
@article{2025,
author = {नेपाल, शान्तिराम},
title = {स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आठराई त्रिवेणी गाउँपालिका},
journal = {Research Journal},
year = {2025},
volume = {10},
number = {1},
pages = {171--183},
doi = {10.3126/rj.v10i1.93023}
}
EUVIMED