प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2024
DOI: 10.3126/pb.v6i11.66005 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2024. Verfasst von टिका प्रसाद Tika Prasad भण्डारी Bhandari.
Abstract (Originalsprache)
प्रस्तुत लेख प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र सङ्गठन निर्माणसँग सम्बन्धित रहेको छ । न्युमेनले राजनीतिक दलहरूलाई आधुनिक राजनीतिको ‘लाइफलाइन’ मानेका छन् । दलहरूले आफ्नो शक्ति र सङ्गठन विस्तार गर्न अनेक साधनहरूको प्रयोग गर्ने गर्दछन् । पञ्चायतकालीन समयमा नेपालका कम्युनिष्ट घटकहरूमध्ये सबैभन्दा ठुलो साम्यवादी दल नेकपा (माले) ले गीतलाई सङ्गठन विस्तारको आधार बनाएको थियो । यसै सन्दर्भमा राजनीतिक दलहरू प्रतिबन्धित रहेको अवस्थामा उक्त भूमिगत राजनीतिक दलको सङ्गठन विस्तारमा प्रगतिशील गीतले खेलेको भूमिकालाई प्रगतिशील गीतका मूल प्रवृत्ति र अन्तर्वस्तुका दृष्टिविन्दुबाट विश्लेषण गर्नु प्रस्तुत लेखको मूल उद्देश्य हो । वणर्नात्मक ढाँचामा तयार गरिएको यो लेख मुख्यतः गुणात्मक प्रकृतिको रहेको छ । मूलतः प्राथमिक, र द्वितीयक स्रोतबाट प्राप्त तथ्यहरूमा आधारित छ । कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा जनवादी गीतले खेलेको भूमिकाका बारेमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि यो अध्ययन बढी उपयोगी हुने अपेक्षा गरिएको छ । भूमिगत दल र दलीय शक्तिको सबलीकरणमा प्रगतिशील गीतले एक सांस्कृतिक साहित्यिक अङ्गका रूपमा महत्वपूर्ण भूमिका खेलेको थियो र उक्त गीतहरूले राजनीतिक परिवर्तनको जन आन्दोलन (२०४६) मा समेत प्रभावकारी भूमिका थियो भन्ने प्रस्तुत लेखको मूल निष्कर्ष रहेको छ ।
Zitieren
APA
Bhandari, ट. प. T. P. भ. (2024). प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v6i11.66005
Vancouver
Bhandari टपTPभ. प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2024. doi:10.3126/pb.v6i11.66005
BibTeX
@article{Bhandari2024,
author = {Bhandari, टिका प्रसाद Tika Prasad भण्डारी},
title = {प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2024},
doi = {10.3126/pb.v6i11.66005}
}
EUVIMED