EUVIMEDEUVIMED entdecken
Crossref

संघीय शासन प्रणाली: अवधारणा र नेपालको अभ्यास

Nar Rawat

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025

DOI: 10.3126/pb.v5i9.77757 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Nar Rawat.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

फेड्रालिज्म शब्द फेडसबाट लिइएको हो, जसको अर्थ सन्धि अथवा सम्झौता हुन्छ । जसको उद्देश्य सम्झौताका पक्षको खास र साझा इच्छाहरू प्रवद्र्धन गराउनु हो । संघात्मक सरकारमा संविधान प्रदत्त राजकीय शक्ति तल्ला तहका सरकारसँग विभाजित गरिन्छ । संघीयता सरकारको मिश्रित र संयोजित मोडल हो, जसले केन्द्रीय तथा एकीकृत सरकारलाई प्रान्तीय, राज्य, प्रादेशिक तथा अन्य एकाइमा विभाजन गर्छ । भौगोलिक सामीप्यता, राजनैतिक सिद्धान्त र वैचारिक एकता भएका राज्यमा समान शासन प्रणाली अभ्यास गर्न तथा विकेन्द्रीकृत सरकारको अभ्यास गर्न संघीय शासन प्रणालीको अवधारणा विकास भएको पाइन्छ । सरुमा साना–साना राज्य मिलेर एकल शासन पण् ाली अभ्यास गर्ने सन्दर्भमा संघीयताको अवधारण् ा आएको पाइन्छ । संयक्त राज्य अमेरिका यसको उदाहरण हो । हाल एउटै तथा केन्द्रीकृत राज्यलाई पुनर्संरचनाको माध्यमबाट बहुतहगत शासन प्रणालीको अभ्यास गर्ने पद्धतिको विकास भएको छ । भारत, नेपालमा राज्यको पुनर्संरचनाबाट संघीयताको अभ्यास गरिएको छ । राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली हो । संघीय शासन प्रणालीमा राज्यको सार्वभौम शक्ति संविधानबाट नै सरकारका तहहरूबीच बाँडफाँड गरिएको हुन्छ । संघीयताको मोडेलअनुसार एकल रूपमा प्रयोग गर्ने र साझा रूपमा प्रयोग गर्ने अधिकारलाई संविधानद्वारा नै स्पष्ट परिभाषित गरिएको हुन्छ । यसरी एकल रूपमा प्रयोग गर्ने गरी प्रदान गरिएको अधिकारमा सम्बन्धित तहका सरकार स्वायत्त हुन्छन् भने साझा अधिकारका विषयमा समन्वय र सहकार्य गरेर शासन सञ्चालन गर्ने व्यवस्था गरिएको हुन्छ, त्यसैले संघीय शासन प्रणाली स्वशासन र साझा शासनको संयोजित रूप हो । ठुला र साना दुवैखाले भौगोलिक स्थिति भएका मुलुकमा संघीयताको सफल अभ्यास भएको छ । नेपालमा संघीय शासन प्रणालीको अभ्यास भर्खरै सुरु भएकोले यसको सफलता असफलताको समीक्षा गर्न भने बाँकी नै छ । हाल विश्वका २८ देशहरूमा संघीय शासन प्रणाली अवलम्बन गरिएको छ ।

Zitieren

APA

Rawat, N. (2025). संघीय शासन प्रणाली: अवधारणा र नेपालको अभ्यास. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77757

Vancouver

Rawat N. संघीय शासन प्रणाली: अवधारणा र नेपालको अभ्यास. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77757

BibTeX
@article{Rawat2025,
  author = {Rawat, Nar},
  title = {संघीय शासन प्रणाली: अवधारणा र नेपालको अभ्यास},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2025},
  doi = {10.3126/pb.v5i9.77757}
}
Kostenlos starten →