लुम्बिनी क्षेत्रसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक तथ्यहरूको विवेचना
Nepalese Culture · 03.06.2026 · 19 · 97-112
DOI: 10.3126/nc.v19i01.95021 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Nepalese Culture, online erschienen am 03.06.2026. Verfasst von Amit Wosti.
Abstract (Originalsprache)
लुम्बिनी क्षेत्र नेपालको रूपन्देही जिल्लामा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत एक महत्वपूर्ण पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थल हो । यो क्षेत्र शाक्यमुनि बुद्धको जन्मस्थलको रूपमा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध तथा मान्यता प्राप्त छ । यस लेखको मुख्य उद्देश्य लुम्बिनी क्षेत्रसँग सम्बन्धित उत्खनन्, अभिलेख तथा यात्रा वर्णनहरूलाई विश्लेषण गरेर यस क्षेत्रसँग जोडिएका विद्यमान बहसहरूलाई पहिचान गरी तिनको विश्लेषण गर्दै लुम्बिनी क्षेत्रको प्राचीनता र यस स्थलको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मजबुत रूपमा उजागर गर्नु हो । सन् १८९६ मा लुम्बिनीबाट प्राप्त मौर्यसम्राट अशोकको स्तम्भ अभिलेखले लुम्बिनीलाई शाक्यमुनि बुद्ध जन्मस्थलको रूपमा प्रमाणित गरेको छ । यो लेखले लुम्बिनीको पहिचानसँग जोडिएका विभिन्न ऐतिहासिक तथा पुरातात्विक बहसहरूमा अध्ययन केन्द्रित गरेको छ । यस लेखमा लुम्बिनीको आधिकारिकताको विषयदेखि लुम्बिनीको अशोक शिलास्तम्भ पत्ता लगाउने व्यक्ति, प्रारम्भिक चरणमा यस क्षेत्रमा गरिएका उत्खनन् तथा जीर्णाेद्धार, यस क्षेत्रका अशोक शिलास्तम्भको प्रमाणिकता, शिलास्तम्भको लेख र जन्मस्मारक शिलाको व्याख्या तथा सम्राट अशोकको नेपाल भ्रमण लगायतका विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक जगत्मा हुनेगरेका बहसहरूको पहिचान तथा तिनको विश्लेषण गर्ने प्रयास गरिएको छ । यो गुणात्मक अनुसन्धान विधि र साहित्यिक समीक्षामा आधारित लेख हो । लेखको विश्लेषणको क्रममा विविध प्राचीन स्रोतहरू, विभन्न विद्वान्हरूका कृति तथा अभिलेखहरूको समेत उपयोग गरिएका छन् । यसबाहेक, विभिन्न इतिहासकार तथा लेखकहरूका लेखरचनाहरू लगायत प्राचीन ग्रन्थ, यात्रा वर्णन तथा यूनेस्कोका प्रतिवेदनहरूलाई पनि तथ्यहरूको स्रोतको रूपमा उपयोग गरी वस्तुनिष्ठ ढङ्गले तथ्यहरूको विश्लेषण गरी अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ । लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक यथार्थलाई थप प्रस्ट पार्नका निम्ति यस क्षेत्रको धेरै वैज्ञानिक अध्ययन तथा अनुसन्धान आवश्यक छ ।
Zitieren
APA
Wosti, A. (2026). लुम्बिनी क्षेत्रसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक तथ्यहरूको विवेचना. Nepalese Culture, 19, 97-112. https://doi.org/10.3126/nc.v19i01.95021
Vancouver
Wosti A. लुम्बिनी क्षेत्रसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक तथ्यहरूको विवेचना. Nepalese Culture. 2026;19:97-112. doi:10.3126/nc.v19i01.95021
BibTeX
@article{Wosti2026,
author = {Wosti, Amit},
title = {लुम्बिनी क्षेत्रसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक तथ्यहरूको विवेचना},
journal = {Nepalese Culture},
year = {2026},
volume = {19},
pages = {97--112},
doi = {10.3126/nc.v19i01.95021}
}
EUVIMED