कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
Kageshwori Manohara Journal · 27.07.2026 · 1 (1) · 15-27
DOI: 10.3126/kmj.v1i1.97840 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Kageshwori Manohara Journal, online erschienen am 27.07.2026. Verfasst von Dambaru Prasad Pokharel.
Abstract (Originalsprache)
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय विज्ञान शिक्षाको वर्तमान अवस्था पहिचान गर्नु र यसको सुधारका लागि सुझाव प्रस्तुत गर्नु रहेको छ । अध्ययनमा सामान्य सर्वेक्षण विधि अपनाइएको छ । तथ्याङ्क सङ्कलनका लागि स्थलगत अवलोकन, विद्यालय अभिलेख, पालिकाका शैक्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम, प्रकाशित तथा अप्रकाशित लेख रचना लगायतका प्राथमिक र द्वितीयक स्रोतहरू प्रयोग गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण तथा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययनको नतिजाले पालिकाले विज्ञान शिक्षा प्रवद्र्धनका लागि प्रयोगशाला, कम्प्युटर, स्मार्ट बोर्ड, इन्टरनेट तथा स्टिम गतिविधिमा उल्लेखनीय लगानी गरेको देखाएको छ । विद्यालयहरूमा प्रयोगात्मक कक्षा, विज्ञान प्रदर्शनी, वाटर रकेट प्रतियोगिता, अनुसन्धान भ्रमण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिताले विद्यार्थीको वैज्ञानिक क्षमता विकासमा सकारात्मक प्रभाव पारेको पाइएको छ । यद्यपि, विज्ञान शिक्षकको अभाव, प्रयोगशाला सामग्रीको कमी, सीमित बजेट तथा स्पष्ट विज्ञान नवप्रवर्तन नीतिको अभाव प्रमुख चुनौतीका रूपमा रहेको देखिन्छ । समग्रमा पालिकाको विज्ञान शिक्षा क्रमशः प्रविधिमैत्री, अनुसन्धानमुखी र गुणस्तरीय बन्दै गएको तथा भविष्यमा दक्ष विद्यालय विज्ञान जनशक्ति उत्पादन गर्ने बलियो आधार निर्माण भइरहेको निष्कर्ष निकाल्न सकिन्छ । विज्ञान हाजिरी जवाफ, वाटर रकेट प्रतियोगिता, विज्ञान प्रदर्शनी, ग्रहण अवलोकन जस्ता क्रियाकलापले यस पालिकाका विद्यार्थीमा भएको विज्ञान प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको छ ।
Zitieren
APA
Pokharel, D. P. (2026). कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था. Kageshwori Manohara Journal, 1(1), 15-27. https://doi.org/10.3126/kmj.v1i1.97840
Vancouver
Pokharel DP. कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था. Kageshwori Manohara Journal. 2026;1(1):15-27. doi:10.3126/kmj.v1i1.97840
BibTeX
@article{Pokharel2026,
author = {Pokharel, Dambaru Prasad},
title = {कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था},
journal = {Kageshwori Manohara Journal},
year = {2026},
volume = {1},
number = {1},
pages = {15--27},
doi = {10.3126/kmj.v1i1.97840}
}
EUVIMED