नेपाली भाषा सिकाइमा शिक्षक विद्यार्थीका कक्षा व्यवहार
Journal of Research in Education · 2025
DOI: 10.3126/jore.v1i1.78744 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Journal of Research in Education, 2025. Verfasst von Laxmi Prasad Acharya. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत अध्ययन शिक्षक विद्यार्थीले कक्षामा प्रदर्शित गरेका व्यवहारको विश्लेषणमा आधारित छ । यसमा नेपाली भाषा शिक्षणका क्रममा शिक्षक र विद्यार्थीका व्यवहारको विश्लेषण गरी सिकाइ वातावरणको लेखाजोखा गर्ने उद्देश्य राखिएको छ । गुणात्मक अध्ययन ढाँचाको उपयोग भएको यस अध्ययनमा दैलेख जिल्लाको गुराँस गाउँपालिकाका विद्यालयमा कार्यरत पाँचजना शिक्षक र तिनले अध्यापन गरेका कक्षाका विद्यार्थीहरूलाई सहभागी बनाइएको छ । उनीहरूका कक्षा कार्यकलापको अवलोकनका आधारमा सङ्कलित तथ्याङ्कको विश्लेषण गरी नतिजा पहिल्याइएको छ । विश्लेषणबाट प्राप्त नतिजालाई पूर्वकार्यहरूको समीक्षाबाट तयार गरिएका प्रतिमान र पूर्वअध्ययनका निष्कर्षका आधारमा छलफल गरी निष्कर्ष पहिल्याइएको छ । कक्षामा शिक्षक विद्यार्थीबाट सकारात्मक र नकारात्मक (सुधारात्मक) दुवै किसिमका व्यवहार देखाएका छन्। यी दुवै प्रकृतिका व्यवहारलाई स्वाभाविकरूपमा लिनुपर्ने, नकारात्मक व्यवहारलाई सुधार गर्नुपर्ने, व्यवहारलाई मानवीय गुणदोषका रूपमा लिई सोहीअनुसार व्यवहार गरिनुपर्ने नतिजा निकालिएको छ । यी मध्ये नकारात्मक व्यवहारमा नियन्त्रण र सकारात्मक व्यवहारमा निरन्तरता कायम राख्न सकिएको खण्डमा नेपाली भाषा शिक्षण सिकाइ सहज र प्रभावकारी बन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।
Zitieren
APA
Acharya, L. P. (2025). नेपाली भाषा सिकाइमा शिक्षक विद्यार्थीका कक्षा व्यवहार. Journal of Research in Education. https://doi.org/10.3126/jore.v1i1.78744
Vancouver
Acharya LP. नेपाली भाषा सिकाइमा शिक्षक विद्यार्थीका कक्षा व्यवहार. Journal of Research in Education. 2025. doi:10.3126/jore.v1i1.78744
BibTeX
@article{Acharya2025,
author = {Acharya, Laxmi Prasad},
title = {नेपाली भाषा सिकाइमा शिक्षक विद्यार्थीका कक्षा व्यवहार},
journal = {Journal of Research in Education},
year = {2025},
doi = {10.3126/jore.v1i1.78744}
}
EUVIMED