माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन
Journal of Janta Multiple Campus · 31.07.2026 · 5 (1) · 171-183
DOI: 10.3126/jjmc.v5i1.97995 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Journal of Janta Multiple Campus, online erschienen am 31.07.2026. Verfasst von Madan Raj Baral.
Abstract (Originalsprache)
प्रस्तुत अध्ययन माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधिको सान्दर्भिकता र यसले भाषिक मूल्याङ्कनमा पारेको प्रभावको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत इटहरी क्षेत्रका चार जना अनुभवी नेपाली शिक्षकहरूसँग गरिएको अन्तर्वार्तालाई यस अध्ययनको प्राथमिक स्रोतका रूपमा लिइएको छ । अध्ययनका निष्कर्षहरूले नेपाली कक्षाकोठामा भाषिक मूल्याङ्कनका लागि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको र यसले परम्परागत मूल्याङ्कन प्रणालीलाई अन्तरक्रियात्मक, सन्दर्भसापेक्ष र विद्यार्थीकेन्द्रित बनाएको देखाएका छन् । सहभागी शिक्षकहरूले गुगल फर्म्स, म्यासेन्जर र टिम्स जस्ता विद्युतीय/डिजिटल उपकरणहरूको प्रयोगबाट मूल्याङ्कन प्रक्रियालाई सहज, सक्रिय र प्रेरणादायी बनाएको अनुभव गरेका छन् । यद्यपि, पर्याप्त भौतिक पूर्वाधारको अभाव, प्राविधिक तालिमको कमी र विद्युतीय/डिजिटल पहुँचमा रहेको असमानतालाई मुख्य चुनौतीका रूपमा पहिचान गरिएको छ । अध्ययनले प्रविधिमा आधारित मूल्याङ्कनलाई संस्थागत रूपमा सुदृढ गर्न शिक्षकको क्षमता विकास, स्पष्ट नीतिगत व्यवस्था र पूर्वाधार विस्तारमा जोड दिनुपर्ने सुझाव दिएको छ । समग्रमा, प्रविधिको एकीकृत प्रयोगले भाषिक मूल्याङ्कनको स्वरूपलाई आधुनिक र वैज्ञानिक ढङ्गले पुनर्संरचना गर्ने प्रचुर सम्भावना देखिएको छ ।
Zitieren
APA
Baral, M. R. (2026). माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन. Journal of Janta Multiple Campus, 5(1), 171-183. https://doi.org/10.3126/jjmc.v5i1.97995
Vancouver
Baral MR. माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन. Journal of Janta Multiple Campus. 2026;5(1):171-183. doi:10.3126/jjmc.v5i1.97995
BibTeX
@article{Baral2026,
author = {Baral, Madan Raj},
title = {माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन},
journal = {Journal of Janta Multiple Campus},
year = {2026},
volume = {5},
number = {1},
pages = {171--183},
doi = {10.3126/jjmc.v5i1.97995}
}
EUVIMED