प्रदेशमा बोलिने मातृभाषाको स्थिति र तिनको संरक्षण, सम्बद्र्धनका उपायहरू
Journal of Janta Multiple Campus · 2024
DOI: 10.3126/jjmc.v3i1.66112 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Journal of Janta Multiple Campus, 2024. Verfasst von पदमा देवी Padma Devi पन्धाक Pandhak und 1 weiteren Autor:innen.
Abstract (Originalsprache)
यस लेखको मूल उद्देश्य हो कोसी प्रदेशमा बोलिने मातृभाषाको स्थितिको आकलन गर्नु र सङ्कटग्रस्त हालतमा गुज्रिरहेका भाषाहरूलाई यथोचित तरिकाले संरक्षण र संवर्धनका उपायहरूको निरूपण गर्नु हो । यो अध्ययन पुस्तकालयीय विधि अपनाउने गुणात्मक ढाँचामा आधारित भएर व्याख्या तथा विश्लेषण गरिएको छ । यो लेखमा सोद्देश्यपूर्वक नमुना छनोटको आधारमा राष्ट्रिय जनगणना (सन् २०११ र २०२१) को तथ्याङ्कलाई प्राथमिक तथ्याङ्कको आधार मानी अन्य लेखरचना, जर्नल, पुस्तक, पत्रपत्रिका आदिलाई द्वितीयक सामग्रीका रूपमा सङ्कलन गरेर विश्लेषण गरिएको छ । व्याख्या र विश्लेषण गर्ने विधिहरूको अवलम्बन गर्दै भाषा क्षयीकरणको सिध्दान्तमाथि केन्द्रित भएको छ । व्याख्या र विश्लेषणपछि के नतिजा वा निष्कर्ष आएको छ भने नेपाली भाषा राष्ट्रभाषा हुनाले यसको यथोचित विकास, संरक्षण र संवर्धन भएको पाइन्छ तर यसबाहेकका मातृभाषाहरू भने विभिन्न आधार र स्तरका सङ्कटको स्थिति सामना गरिरहेको पाइयो । यसका साथै सङ्कटापन्न भाषाहरूलाई जोगाउने केही महत्वपूर्ण उपाय सङ्केत गरिएका छन् । यस लेखबाट भाषाविद्, भाषा संरक्षणमा जुटेका अभियन्ता, शिक्षक तथा विद्यार्थी विशेषलाई सहयोग पुग्ने देखिन्छ ।
Zitieren
APA
Pandhak, प. द. P. D. प., & Tumbahang, म. M. त. (2024). प्रदेशमा बोलिने मातृभाषाको स्थिति र तिनको संरक्षण, सम्बद्र्धनका उपायहरू. Journal of Janta Multiple Campus. https://doi.org/10.3126/jjmc.v3i1.66112
Vancouver
Pandhak पदPDप, Tumbahang मMत. प्रदेशमा बोलिने मातृभाषाको स्थिति र तिनको संरक्षण, सम्बद्र्धनका उपायहरू. Journal of Janta Multiple Campus. 2024. doi:10.3126/jjmc.v3i1.66112
BibTeX
@article{Pandhak2024,
author = {Pandhak, पदमा देवी Padma Devi पन्धाक and Tumbahang, मोहनकुमार Mohankumar तुम्बाहाङ},
title = {प्रदेशमा बोलिने मातृभाषाको स्थिति र तिनको संरक्षण, सम्बद्र्धनका उपायहरू},
journal = {Journal of Janta Multiple Campus},
year = {2024},
doi = {10.3126/jjmc.v3i1.66112}
}
EUVIMED