शाकुन्तल महाकाव्यमा प्रकृतिचित्रण र सौन्दर्यचेतना
Curriculum Development Journal · 2023
DOI: 10.3126/cdj.v31i45.68995 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Curriculum Development Journal, 2023. Verfasst von Yadav यादव Prasad प्रसाद Sharma शर्मा.
Abstract (Originalsprache)
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यमा अभिव्यञ्जित प्रकृतिचित्रण तथा सौन्दर्य चेतनाका आधारमा यस महाकाव्यका विशेषताहरूको पहिचान गर्नमा केन्द्रित प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय स्रोतका आधारमा गरिएको छ । उद्देश्यमूलक नमुना छनोट विधिबाट काव्यांशको छनोट गरी पाठविश्लेषण विधिबाट निष्कर्षमा पुगिएको यस लेखमा प्रकृतिचित्रण तथा सौन्दर्य चेतनाका आधारमा शाकुन्तल’ महाकाव्यका विशेषताहरूको विश्लेषण गरिएको छ । प्रकृतिलाई आलम्बनका रूपमाभन्दा उद्दीपनका रूपमा अधिक चित्रण गरिएको यस महाकाव्यमा आन्तरिक आध्यात्मिकता र प्राकृतिक रमणीयताका बीचको सहसम्बन्धको प्रतिपादन गर्दै प्रकृतिलाई ममतामयी जननीसँग समीकरण गरिएको र प्रकृतिलाई दिव्यसौन्दर्यका रूपमा हेरी त्यसको अन्तर्तहसम्म पुगेर चित्रण गरिएको कुरा ठम्याइएको छ । त्यस्तै मुसलधारे वर्षाजस्तो प्रातिभ प्रवाहको बाढीमा ढुङ्गा, माटो, बालुवा आदि सबै भए पनि गहिरो प्राज्ञिक दृष्टिले गवेषण गर्दा त्यसभित्र मोतीका कण तथा उज्याला मणि–माणिक्यहरू पनि प्राप्त गर्न सकिने र शिल्पसौन्दर्यका रूपमा आएका रससौन्दर्य, अलड्ढारसौन्दर्य, साङ्गीतिक वा लयात्मकसौन्दर्यका साथै समग्र कलासौन्दर्यले यसलाई चमत्कारपूर्ण महाकाव्यको रूप दिएको विचार व्यक्त गरिएको छ । भावसौन्दर्य र शिल्पसौन्दर्यको सघन संयोजनमा शिल्पसौन्दर्यलाई भावसौन्दर्यको चमत्कारिताले छोपे पनि शिल्पसौन्दर्यको कँुदाइ, कटाइ, छँटाइ, तछाइ र चमकदार पालिसभन्दा भिन्नै मसिना शिल्पसौन्दर्य महाकाव्यभरि व्याप्त हुनु र कविको भावुक आत्माले कलाको दिव्य पखेटा लगाएर उडेको देख्न सकिने प्रशस्त ठाउँहरू हुनु नै ‘शाकुन्तल’ महाकाव्यको सौन्दर्यचेतनाको विशिष्टता रहेको निष्कर्ष दिइएको छ ।
Zitieren
APA
शर्मा, Y. य. P. प. S. (2023). शाकुन्तल महाकाव्यमा प्रकृतिचित्रण र सौन्दर्यचेतना. Curriculum Development Journal. https://doi.org/10.3126/cdj.v31i45.68995
Vancouver
शर्मा YयPपS. शाकुन्तल महाकाव्यमा प्रकृतिचित्रण र सौन्दर्यचेतना. Curriculum Development Journal. 2023. doi:10.3126/cdj.v31i45.68995
BibTeX
@article{2023,
author = {शर्मा, Yadav यादव Prasad प्रसाद Sharma},
title = {शाकुन्तल महाकाव्यमा प्रकृतिचित्रण र सौन्दर्यचेतना},
journal = {Curriculum Development Journal},
year = {2023},
doi = {10.3126/cdj.v31i45.68995}
}
EUVIMED