भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व
Samriddhi Journal of Development Studies · 31.12.2025 · 11 (2) · 1-9
DOI: 10.3126/sjds.v11i2.98036 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Samriddhi Journal of Development Studies, online erschienen am 31.12.2025. Verfasst von Rajesh Gaiju.
Abstract (Originalsprache)
काठमाडौँ उपत्यकाका नेवाः समुदायको सांस्कृतिक क्रियाकलाप प्राचीन तथा मध्यकालीन समय खण्डको झलक दिने तवरको छ, जसले नेवाः समुदायलाई सांस्कृतिक जीवन्तता प्रदान गर्न मद्दत पुगेको छ । भक्तपुर, कान्तिपुर र ललितपुरको नेवाः सभ्यता वर्तमानसम्म पनि वर्षभरि नै परापूर्वबाट अनुगृहीत सांस्कृतिक तथा सामाजिक जात्रा पर्व, चाड तथा धार्मिक क्रियाकलापहरू सञ्चालन हुँदै आइरहेको छ । काठमाडौँ तथा ललितपुर र मोफसलका क्षेत्रहरूमा गैर नेवाः समुदायको प्रभाव केही मात्रामा देखिएका कारण स्थानीय जात्रा बाहेक अन्य जात्रा पर्वहरू सामान्य तरिकाले सञ्चालन गर्न थालिएको छ । यसको आर्थिक, दक्ष जनशक्ति, समय जस्ता अन्य कारण पनि छन् । यद्यपि नेवाः समुदाय र केही स्थानमा गैर नेवाः समुदायको सहयोगले पनि बर्सेनि जात्रा–पर्व सञ्चालन गर्दै आइरहेको उदाहरण छन् । नेपालका विभिन्न स्थान र उक्त भेकका सम्पूर्ण समुदायको सक्रिय सहभागितामा सञ्चालन गरिने महत्वपूर्ण जात्राहरू मध्ये एक ‘सापारु’ वा ‘सायात’ जात्रा हो, जसलाई नेपालीकरण गर्दा ‘गाईजात्रा’ भनेर नेपाली समाजमा प्रचलित छ ।नेवाः समुदायमा सापारुमा मृतकको सम्झना स्वरूप ‘साँचा’ अथवा ‘ताहाःसाँ’ (नेपाली समाजमा ‘गाई’ भनेर चिनिने) निर्माण गरेर मुख्य सहर परिक्रमा गरिने प्रचलन रहेको छ । ताहाःसाँको सांस्कृतिक महत्व के छ ? ताहाःसाँको धार्मिक तथा पौराणिक अर्थ के हो ? जनप्रचलनमा ताहाःसाँको व्यवस्था केको लागि हो ? ताहाःसाँ तथा सापारु शब्दलाई नेपालीकरण गर्दा कतिको सही वा गलत अर्थ निस्केको छ ? यी प्रश्नहरूको उत्तर विचाराधीन नै रहेको छ । सापारु र गाईजात्रा भनेर सम्बोधन गरिने जात्राको पौराणिक तथ्य के हो त ? र नेवाः र गैर नेवाः समुदायले कतिको बुझेको छ भन्ने मूलभूत प्रश्न पनि उब्जिएको छ । किनकि नेपाल–भाषाको शब्द ‘साँ’ ले गाई मात्र जनाउँदैन, साँढेलाई पनि जनाउँछ । तसर्थ ‘सापारु’ शब्दले ‘गाईजात्रा’ नै जनाउँछ त ? सापारुमा निकाल्ने ‘ताहाःसाँ’ लाई ‘गाई’ नै मान्न सकिने सङ्केतात्मक सांस्कृतिक क्रियाकलाप के रहेको छ भन्ने तथ्यको खोज यस अध्ययनद्धारा गरिएको छ । यस अध्ययन सम्पन्न गर्नको लागि गुणात्मक अध्ययन विधि चयन गरिएको छ । यस अध्ययनको लागि स्रोतको रूपमा प्रत्यक्ष अवलोकन, फोटोग्राफ, व्यक्तिगत अन्तरवार्ता, विभिन्न लेख तथा प्रकाशित पुस्तकहरू समावेश गरी तथ्यहरू सङ्कलन गरिएको छ । प्राप्त भएका सूचना तथा तथ्यहरूलाई वर्णनात्मक विधिद्धारा विश्लेषण गरी निष्कर्षमा पुगेको छ । शब्द कुञ्जी सापारु, गाईजात्रा, ताहाःसाँ, द्वसाँ, मासाँ, ताहामचा
Zitieren
APA
Gaiju, R. (2025). भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व. Samriddhi Journal of Development Studies, 11(2), 1-9. https://doi.org/10.3126/sjds.v11i2.98036
Vancouver
Gaiju R. भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व. Samriddhi Journal of Development Studies. 2025;11(2):1-9. doi:10.3126/sjds.v11i2.98036
BibTeX
@article{Gaiju2025,
author = {Gaiju, Rajesh},
title = {भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व},
journal = {Samriddhi Journal of Development Studies},
year = {2025},
volume = {11},
number = {2},
pages = {1--9},
doi = {10.3126/sjds.v11i2.98036}
}
EUVIMED