वीरशाली पन्त : व्यक्तित्व र कृतित्व
Pragnya Sarathi · 15.04.2026 · 24 (1) · 147-156
DOI: 10.3126/ps.v24i1.92774 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Pragnya Sarathi, online erschienen am 15.04.2026. Verfasst von Din Bahadur Thapa. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
वीरशाली पन्त नेपाली कविताको इतिहासमा प्राथमिक कालको उत्तरार्ध चरणअन्तर्गत कृष्णभक्ति धाराका कवि हुन् । उनले ‘वाणोपनिषद्’, ‘विमलबोधानुभव’ ‘गोपिका स्तुति’, ‘द्रौपदी विलाप’, ‘कृष्ण चरित्र’, ‘सरस प्रेमावली’ लगायतका कृतिहरू लेखेका छन् भनिन्छ । तर पन्त को हुन् ? र उनका कृतिहरू केकस्तो अवस्थामा रहेका छन् भन्ने तथ्यपरक प्रमाणहरू भने भेटिएका छैनन् । यही समस्यालाई अध्ययनको मूल उद्देश्य बनाइएको छ । पन्तका विषयमा बाबुराम आचार्य, वीरेन्द्रकेशरी, कमल दीक्षित, सूर्यविक्रम, राजाराम, शास्त्रदत्त, बालकृष्ण, काजीरोशन, प्रेम छोटालगायतका धेरै अध्यताले सामान्य परिचय दिएका छन् । तर उनी र उनका कृतिहरूका विषयमा तथ्यपरक खोजी भएको छैन । तसर्थ क्षेत्रीय र पुस्तकालयीय दुवै अध्ययन विधिमा आधारित भई वर्णनात्मक र विश्लेषणात्मक शैलीको उपयोग गरी यो लेख तयार गरिएको हो । नेपाली काव्यको इतिहासमा सुरुदेखि वि.सं. १९४० सम्मको अवधिलाई प्राथमिक काल र यसअन्तर्गत पनि पूर्वार्ध चरणलाई वीरधारा तथा उत्तरार्ध चरणलाई भक्तिधाराका नामले चिनिन्छ । वीरशाली पन्त यही भक्तिधाराको पनि कृष्णभक्ति धाराका कवि हुन् भन्ने मान्यता रहेको छ । यही मान्यताका आधारमा वीरशाली पन्त बागलुङको ढिकीचौर निवासी आध्यात्मिक व्यक्तित्व हुन् भन्ने अवधारणालाई यहाँ पुष्टि गर्ने प्रयास गरिएको छ । यस अध्ययनमा वीरशाली पन्त धवलागिरि क्षेत्रका अग्रज कवि तथा पण्डित हुन्; उनी बालब्रह्मचारी थिए; कार्कीकोटको अम्वल (गुठी) खेत भोगचलन गर्थे; आप्mनो पुख्र्यौली सम्पत्तिको स्वामित्व काकालाई हस्तान्तरण गरी उनले जीवनको उत्तराद्र्ध चरण भारतको वृन्दावनमा व्यतीत गरे भन्ने तथ्य प्राप्त भएको छ । तसर्थ यस लेखमा वीरशाली पन्त बागलुङको धर्तीमा जन्मिएका कर्मठ साहित्यानुरागी ऐतिहासिक व्यक्तित्व हुन् भन्ने निष्कर्ष रहेको छ । प्रस्तुत अध्ययनले यस क्षेत्रको ऐतिहासिक तथ्यपरक अध्ययनमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
Zitieren
APA
Thapa, D. B. (2026). वीरशाली पन्त : व्यक्तित्व र कृतित्व. Pragnya Sarathi, 24(1), 147-156. https://doi.org/10.3126/ps.v24i1.92774
Vancouver
Thapa DB. वीरशाली पन्त : व्यक्तित्व र कृतित्व. Pragnya Sarathi. 2026;24(1):147-156. doi:10.3126/ps.v24i1.92774
BibTeX
@article{Thapa2026,
author = {Thapa, Din Bahadur},
title = {वीरशाली पन्त : व्यक्तित्व र कृतित्व},
journal = {Pragnya Sarathi},
year = {2026},
volume = {24},
number = {1},
pages = {147--156},
doi = {10.3126/ps.v24i1.92774}
}
EUVIMED