नरेन्द्र दाइ उपन्यासका पात्रको चरित्रचित्रण
Prāgyik Prabāha · 31.12.2025 · 13 (1) · 182-191
DOI: 10.3126/pp.v13i1.94812 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prāgyik Prabāha, online erschienen am 31.12.2025. Verfasst von Shalik Ram Paudyal.
Abstract (Originalsprache)
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्र दाइ उपन्यासमा आएका पात्रको चरित्रको विश्लेषणमा केन्द्रित छ । गुणात्मक ढाँचामा रहेको यस लेखमा सोद्देश्यमूलक नमुना छनौट विधिबाट सामग्री लिइएको छ । प्राथमिक स्रोतको सामग्रीका रूपमा कृति र द्वितीयक स्रोतको सामग्रीका रूपमा कृतिका बारेमा गरिएका अध्ययन र चरित्रचित्रणको सिद्धान्तलाई लिइएको छ । दुवै प्रकृतिको सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । मनोविश्लेषणवादी उपन्यास नरेन्द्र दाइमा आएका पात्रमध्ये नरेन्द्र, गौरी, मुनरिया र सानोबाबूको चरित्रको विश्लेषण गरिएको छ । कोइरालाले यस उपन्यासमा मनोवैज्ञानिक, त्रिकोणात्मक सम्बन्ध, यथार्थपरक चित्रण पद्धति प्रयोग गरेका छन् । नरेन्द्र सामन्तवादी परम्पराको जमिनदार वर्गको सदस्यको प्रतिनिधि, सामाजिक बन्धन तोड्ने विद्रोही तथा पलायनमुखी चरित्रका रूपमा देखिएका छन् । गौरी पतिको पीडा खेप्न बाध्य नेपाली नारीको प्रतिनिधि, पतिपरायणा, सामाजिक मर्यादा लत्याएकी चरित्रका रूपमा देखिन्छिन् । मुनरिया अस्तित्वहीन जीवन बिताउन विवश, गौरीको दाम्पत्यजीवनमा घात गर्दै खलपात्रका रूपमा देखिन्छे । सानोबाबू नरेन्द्र, गौरी तथा मुनरियाले बनाएको बालुवाको त्रिभुज भताभुङ्ग भएको कल्पना गरेर जीवनको निस्सारता बोध गर्ने कथयिता र द्रष्टा चरित्रका रूपमा आएको छ । यस लेखमा नरेन्द्र सामाजिक बन्धन र परम्परालाई सजिलै स्वीकार नगर्ने अन्तर्मुखी र विद्रोही पात्र, गौरी आदर्श र धैर्यवान् नेपाली नारीको प्रतीक र आन्तरिक पीडा भोगेकी पात्र, मुनरिया एक निम्न वर्गीय र विजातीय पात्र, यौनिक आकर्षण र प्र ेम भएकी र आफ्नो प्रेमको गहिराइ प्रमाणित गरेकी पात्रका रूपमा रहेको निष्कर्ष दिइएको छ ।
Zitieren
APA
Paudyal, S. R. (2025). नरेन्द्र दाइ उपन्यासका पात्रको चरित्रचित्रण. Prāgyik Prabāha, 13(1), 182-191. https://doi.org/10.3126/pp.v13i1.94812
Vancouver
Paudyal SR. नरेन्द्र दाइ उपन्यासका पात्रको चरित्रचित्रण. Prāgyik Prabāha. 2025;13(1):182-191. doi:10.3126/pp.v13i1.94812
BibTeX
@article{Paudyal2025,
author = {Paudyal, Shalik Ram},
title = {नरेन्द्र दाइ उपन्यासका पात्रको चरित्रचित्रण},
journal = {Prāgyik Prabāha},
year = {2025},
volume = {13},
number = {1},
pages = {182--191},
doi = {10.3126/pp.v13i1.94812}
}
EUVIMED