EUVIMEDEUVIMED entdecken
Crossref

शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासका अवसरहरू

Narayan Prasad Adhikari, Jhupa Kumari Budhathoki

Perspectives on Higher Education · 10.06.2026 · 16 (1) · 93-100

DOI: 10.3126/phe.v16i1.96843 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Perspectives on Higher Education, online erschienen am 10.06.2026. Verfasst von Narayan Prasad Adhikari und 1 weiteren Autor:innen.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

यस अध्ययनको मुख्य उद्देश्य शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासकाअवसरहरू खोजी गर्नु रहेको छ । यस अध्ययनमा कथन अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । योअध्ययनमा शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्ने नौजना पूर्णकालीन प्राध्यापकहरूलाईउद्देश्यमूलक नमुना छनोट विधिको आधारमा छनोट गरी अध्ययन गरिएको छ । यस अध्ययनमा अन्तर्वार्ता निर्देशिकालाई साधनका रूपमा प्रयोग गरी सूचनाहरू लिइएको छ । यस अध्यपनमा प्राध्यापकहरूले आफ्नो प्राध्यापन पेसाप्रति आत्मगौरव अनुभूत गरेको तर न्यून पेसागत विकासका अवसर र सुविधाकाकारणले निराशा र बेखुसी भएको पाइयो । समयमा विश्वविद्यालयले पदोन्नतिको विज्ञापन नखोल्दाप्राध्यापकहरूमा बढी पेसागत चिन्ता रहेको पाइयो । विषयगत विभागहरूमा घट्दो विद्यार्थी भर्नादरलेप्राध्यापकहरूमा आफ्नो पेसा नै धरापमा पर्ने डरले मानसिक र मनोवैज्ञानिक तनाव सिर्जना हुनेगरेकोदेखिन्छ । विभागमा प्रविधिक, विद्युतीय र इन्टरनेट सुविधा तथा दण्ड र पुस्कारको अभाव रहेको पाइयो । यसैगरी विभागमा शिक्षकहरू बीच समसामयिक शैक्षिक मुद्दामा बहस र छलफल प्रायः शून्य रहेकोछ । प्राध्यापकहरूको खण्डित मनस्थितिले विभागमा सहकार्यको संस्कृतिमा कमी रहेको पाइयो । विश्वविद्यालयले प्राध्यापकको पेसागत विकास गर्न विशेषगरी वृत्तिविकास तथा नियमित पदोन्नतिकाअवसर सिर्जना गर्नुपर्ने देखिन्छ । शिक्षक शिक्षाका समसामयिक मुद्दाहरूमा नियमित छलफल र बहसतथा अनुसन्धानका लागि थप आवश्यक आर्थिक सहयोग गर्नुपर्ने देखिन्छ । यसैगरी नेपाल सरकारलेउच्चशिक्षा प्राध्यापन गर्ने प्राध्यापकहरूको जिम्मेवारीअनुसार उनीहरूको पेशागत मर्यादा कायम रपारिश्रमिक वृद्धि गर्नुपर्ने देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।

Zitieren

APA

Adhikari, N. P., & Budhathoki, J. K. (2026). शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासका अवसरहरू. Perspectives on Higher Education, 16(1), 93-100. https://doi.org/10.3126/phe.v16i1.96843

Vancouver

Adhikari NP, Budhathoki JK. शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासका अवसरहरू. Perspectives on Higher Education. 2026;16(1):93-100. doi:10.3126/phe.v16i1.96843

BibTeX
@article{Adhikari2026,
  author = {Adhikari, Narayan Prasad and Budhathoki, Jhupa Kumari},
  title = {शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापकहरूका सेवासुविधा र वृत्तिविकासका अवसरहरू},
  journal = {Perspectives on Higher Education},
  year = {2026},
  volume = {16},
  number = {1},
  pages = {93--100},
  doi = {10.3126/phe.v16i1.96843}
}
Kostenlos starten →