EUVIMEDEUVIMED entdecken
Crossref

देवकुमारी थापाका कथाहरु सङ्ग्रहका कथामा मनोबिज्ञान

Gyanu Adhikari

Perspectives on Higher Education · 2024

DOI: 10.3126/phe.v14i1.76637 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Perspectives on Higher Education, 2024. Verfasst von Gyanu Adhikari.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

देवकुमारी थापाका कथाहरू सङ्ग्रहका कथामा मनोविज्ञान शीर्षकको प्रस्तुत आलेख गुणात्मक पद्घतिमा आधारित भएकाले पुस्तकालय कार्यबाट सामग्रीसङ्कलन गरी तयार गरिएको छ र यसका लागि मूलतः अल्फ्रेड एडलरद्वारा प्रतिपादित व्यावहारिक मनोविज्ञान र कार्ल गुस्ताभ युङका व्यक्तित्वका प्रकारजस्ता मान्यताका आधारमा नारीमनोविज्ञान, पुरुषमनोविज्ञान तथा बालमनोविज्ञानलाई र र अंशतः सिग्मन्ड फ्रायडको यौनमनोविज्ञानलाई अवधारणा बनाएर ‘देवकुमारी थापाका कथाहरू’ कथासङ्ग्रहका कथामा अभिव्यञ्जित मनोविश्लेषणका उपर्युक्त अवधारणाहरूका केन्द्रीयतामा चयनित एघारओटा कथाहरूको पाठविश्लेषण गरिएको छ । देवकुमारी थापाका कथाहरू कथासङ्ग्रहका कथाहरूमा अभिव्यक्त मनोविज्ञानका विशिष्ट पक्षको खोजी गर्नु यस अध्ययनको उद्देश्य हो । यसक्रममा वर्णनात्मक र पाठविश्लेषण विधिको प्रयोग गरी उनका कथामा विषयवस्तुको सूक्ष्मता भएकाले मानवीय संवेदना र मनोविज्ञान नै प्रमुख बनेर आएको हुँदा नारीमनोविज्ञानको विशिष्ट चित्रण भएको, पुरुषपात्रका आचरण, व्यवहार र तिनका अभिव्यक्तिहरूबाट नै तिनका मनको अवस्था र मनोगत पक्षहरू अभिव्यक्त भएको र घरका अभिभावक र आफूभन्दा ठूलामान्छेले गर्ने व्यवहार एवं उनीहरूका गतिविधिहरूले बालमनोविज्ञानका विविध पक्षमा प्रभाव पार्नेभएकाले प्रत्येक अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्नुपर्ने र उनीहरूको संवेदना र प्रतिभाको पहिचान गरी तदनुरूपको वातावरण मिलाइदिनुपर्ने निष्कर्ष निकालिएको छ । यसरी मनोविज्ञानका कोणबाट ‘देवकुमारी थापाका कथा’ भित्रका कथाहरू प्रभावपूर्ण रहेको समग्र निचोड पनि यस अध्ययनबाट प्राप्त हुन्छ ।

Zitieren

APA

Adhikari, G. (2024). देवकुमारी थापाका कथाहरु सङ्ग्रहका कथामा मनोबिज्ञान. Perspectives on Higher Education. https://doi.org/10.3126/phe.v14i1.76637

Vancouver

Adhikari G. देवकुमारी थापाका कथाहरु सङ्ग्रहका कथामा मनोबिज्ञान. Perspectives on Higher Education. 2024. doi:10.3126/phe.v14i1.76637

BibTeX
@article{Adhikari2024,
  author = {Adhikari, Gyanu},
  title = {देवकुमारी थापाका कथाहरु सङ्ग्रहका कथामा मनोबिज्ञान},
  journal = {Perspectives on Higher Education},
  year = {2024},
  doi = {10.3126/phe.v14i1.76637}
}
Kostenlos starten →