EUVIMEDEUVIMED entdecken
Crossref

गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण

दिपकप्रसाद Dipakprasad ढकाल Dhakal

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2024

DOI: 10.3126/pb.v6i11.66008 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2024. Verfasst von दिपकप्रसाद Dipakprasad ढकाल Dhakal.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत लेख विश्व कुइकेलद्वारा लिखित गोपीचा (२०८०) उपन्यासमा आख्यानीकरणमा केन्द्रित छ । इतिहासमा घटेको वास्तविक घटनालाई आख्यानको वस्तु निर्माण गर्ने हेतुले उपन्यासकारले गरेको काल्पनिक मिथकीय पुनः सृजनका कोणबाट यस लेखको शोध्यविषय निर्दिष्ट गरिएको छ । नेपालको राजनीतिक परिवर्तनमा गणेशमान सिंहले भद्रगोल बन्दीगृह तोडेर भाग्ने क्रममा सहयोगीका रूपमा कार्य गरेको गोपी शर्मा नामक व्यक्ति इतिहासको तथ्य हो । यिनलाई केन्द्रमा राखेर उपन्यासको आख्यान योजना कसरी तयार गरिएको छ भन्ने शोध्य विषय नै यस लेखको अनुसन्धानको पक्ष हो । लेख तयारीका निम्ति पुस्तकालीय कार्यबाट सामग्री प्रयोग गरिएको छ । गोपीचा उपन्यास अनुसन्धानका निम्ति प्राथमिक सामग्री हो भने गोपीचा उपन्यासका विषयमा भएका अध्ययन र इतिहासमा प्राप्त तथ्य द्वितीयक हुन् । यी सामग्रीलाई निगमनात्मक विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । ऐतिहासिक तथ्यलाई उपन्यासमा आख्यानीकरण गर्दा गरिएका सृजनात्मक पुनरुत्पादन पनि विश्लेषण गरिएकाले आगमनात्मक विधिको पनि प्रयोग भएको छ । यसरी यस लेखमा सत्यापनका तहसम्म अध्ययन क्रमिक बनेको छ । गोपीचा उपन्यासमा गोपी शर्मा नामक पात्रलाई तत्कालीन शासकले अन्तरजातीय विवाहको मुद्दा लगाएर जात घटुवा गरी भद्रगोल जेलमा राखेको ऐतिहासिक तथ्य हो । राणाकालीन समाजमा जात व्यवस्था गहिरोसँग संस्थागत भएको थियो र यही जातीय विविधतालाई बँचाएर शासकले नागरिकमाथि शोषण गर्थे । श्यामश्वेत रूपमा यस उपन्यासमा तत्कालीन समाज प्रतिबिम्बित छ । गोपी शर्मा इतिहासले चिनेको व्यक्ति भए तापनि उसको सङ्घर्षशील चेतना निर्माणमा विविध पक्षले काम गरेको छ । विद्रोह एकै पटक सतहमा देखिने नभई त्यसको वातावरण आन्तरिक रूपमा तयार भएको हुन्छ । यस लेखमा नेवार समाज, राणा परिवारभित्र पनि शोषणमा परेका व्यक्ति तथा सचेत राजनीतिक परिवर्तनका पक्षधर मिलेर विद्रोह सम्पन्न भएको निष्कर्ष प्राप्त भएको छ ।

Zitieren

APA

Dhakal, द. D. ढ. (2024). गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v6i11.66008

Vancouver

Dhakal दDढ. गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2024. doi:10.3126/pb.v6i11.66008

BibTeX
@article{Dhakal2024,
  author = {Dhakal, दिपकप्रसाद Dipakprasad ढकाल},
  title = {गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2024},
  doi = {10.3126/pb.v6i11.66008}
}
Kostenlos starten →