मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2024
DOI: 10.3126/pb.v6i11.65995 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2024. Verfasst von गौतम Gautam रानाभाट Ranabhat.
Abstract (Originalsprache)
प्रस्तुत आलेख मुक्तक तत्वका परिधिमा सरुभक्तका मुक्तक केकस्ता छन् भन्ने खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । अनुसन्धानलाई पूर्णता दिन सामग्री सङ्कलनमा पुस्तकालयलाई प्रमुख स्रोत मानिएको छ । विषयवस्तुको प्राथमिक स्रोत सरुभक्तका अघिल्ला तीन कृतिसमेत समावेश गरेर एकीकृत रूपमा प्रकाशित कृति ‘सरुभक्तका मुक्तक’ हो । मुक्तक तत्वको अध्ययन क्रममा सो बारेका अनुसन्धान, विश्लेषण, समीक्षा, समालोचनालाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । विभिन्न विद्वान्ले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई अध्ययनमा सैद्धान्तिक आधार बनाइएको छ । सरुभक्तका मुक्तकलाई मुक्तक तत्वका परिधिमा अध्ययन गर्दा विषयगत सन्दर्भमा उनले समसामयिक जनजीवनका विविध सन्दर्भलाई नै मुक्तकका विषय बनाएका छन् । जहाँ व्यक्तिको व्यक्तिगत जीवनदेखि, सिङ्गो समाज, राष्ट्र, राष्ट्रियता, एकता, विविधतापूर्ण संस्कार संस्कृतिको चित्रण पाइन्छ । यो मात्र नभएर प्रकृतिको चित्रण, राजनीतिक चित्रण, शृङ्गारिक तथा आध्यात्मिक प्रेम, विसङ्गतवाद, अस्तित्ववाद, प्रयोगवादको चित्रण सुन्दर तरिकाले भएको छ । गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको आलेखमा सूक्ष्म पठन र विश्लेषण विधि प्रयोग गरी निष्कर्ष निकालिएको छ ।
Zitieren
APA
Ranabhat, ग. G. र. (2024). मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v6i11.65995
Vancouver
Ranabhat गGर. मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2024. doi:10.3126/pb.v6i11.65995
BibTeX
@article{Ranabhat2024,
author = {Ranabhat, गौतम Gautam रानाभाट},
title = {मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2024},
doi = {10.3126/pb.v6i11.65995}
}
EUVIMED