EUVIMEDEUVIMED entdecken
Crossref

सकस उपन्यासमा पहिचान

Nabin K C

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025

DOI: 10.3126/pb.v5i9.77772 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Nabin K C.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

जगदीश घिमिरेका उपन्यासको सांस्कृतिक अध्ययन सन्दर्भमा प्रभुत्व चिन्तनअन्तर्गत पहिचान पनि एक आधार हो । पहिचान विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, लैङ्गिक, जातीय जनजातीय एवम् वर्गीय विचारधाराको अन्तक्रियाबाट निर्मित हुन्छ । समुदायसँगको समानता र भिन्नताकै कारण पहिचानहरू निर्धारित हुँदै जान्छन् । यही पृष्ठभूमिमा घिमिरेका उपन्यासमा पहिचान अध्ययन गरिएको छ । सकस उपन्यासमा जीबाले आत्मावृतान्त सुनाउँदै जान्छन् र शरदले त्यसलाई टेपरेकर्डर गर्दछ । उपन्यासमा रामेछापको आञ्चलिकताभित्र वर्गीय, जातीय, धार्मिक सांस्कृतिक एवम् राजनीतिक घटनाक्रमको संयोजन गरिएको छ । उपन्यासमा पहिचानको ऐतिहासिक सन्दर्भ मात्र नभई स्थापित÷विस्थापित विचारधारात्मक सामाजिक राजनैतिक सन्दर्भको पहिचान रहेको छ । त्यसैगरी इतिहास, राजनीति, समाज, संस्कृति आदि पक्ष समेटिएको आख्यान सन्दर्भका आधारमा बहुआयामिक पहिचान रहेको छ । ऐतिहासिक समय सन्दर्भदेखि वर्तमानसम्मको समयसान्दर्भिक विषयवस्तु समेटिएको छ । जसमा सत्ता वा शक्तिको केन्द्र मानिने सामन्त वर्ग र शक्तिकेन्द्रबाट किनारीकृत भएका वर्गको पहिचान रहेको छ । पहिचानका दृष्टिले सकस बहुसांस्कृतिक अस्तित्व भएको, बहुशक्तिकेन्द्रको उपस्थिति र उत्पीडनका बहुआयाम भएको उपन्यास हो । यसर्थ मूलसंस्कृति र सीमान्तकृत सांस्कृतिको पहिचान छ ।

Zitieren

APA

C, N. K. (2025). सकस उपन्यासमा पहिचान. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77772

Vancouver

C NK. सकस उपन्यासमा पहिचान. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77772

BibTeX
@article{C2025,
  author = {C, Nabin K},
  title = {सकस उपन्यासमा पहिचान},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2025},
  doi = {10.3126/pb.v5i9.77772}
}
Kostenlos starten →