गोविन्दबहादुर मल्ल ‘गोठाले’का “मालिकको कुकुर” कथामा सबाल्टर्न (अवरजन)
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2025
DOI: 10.3126/pb.v5i9.77755 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2025. Verfasst von Sarmila Budhathoki.
Abstract (Originalsprache)
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’का “कथैकथा” कथासङ्ग्रहमा समाविष्ट “मालिकको कुकुर” कथाको सबाल्टर्न अध्ययनमा केन्द्रित छ । “मालिकको कुकुर” ‘गोठाले’द्वारा सामाजिक यथार्थवादी चिन्तनमा आधारित रहेर लेखिएको कथा हो । यस कथामा मूलतः प्रभुत्वशाली संस्कृतिले अवरजन भनी किनारीकृत बनाइएको सानु (नोकर) को अवस्थालाई कारुणिक रूपमा प्रस्तुत गरिएको छ । ‘सबाल्टर्न’ शब्द सर्वप्रथम माक्र्सवादी लेखक अर्थात् सांस्कृतिक विश्लेषक ग्राम्सीको विचारबाट लिइएको हो । दबिएका र दबाइएका आवाजलाई केन्द्रमा ल्याउनु नै मुख्य उद्देश्य रहेको सबाल्टर्न अध्ययन कुनै पनि कृति विश्लेषणका लागि आज एक महŒवपूर्ण सिद्धान्त बनेको छ । रञ्जित गुहाको नेतृत्वमा दक्षिण भारतबाट उदाएको सबाल्टर्न अध्ययनले पेसा, क्षेत्र, धर्म, हैसियत, शारीरिक अवस्था, वर्ग, उमेर, लिङ्ग आदिका आधारमा उपेक्षित व्यक्तिहरूको समूहलाई जनाउँछ । समाजमा शक्तिकेन्द्रमा रहेकाबाट श्रमजीवि वर्गलाई सधैँ किनाराकृत पारिएको छ । परिणामस्वरूप जुन वर्ग सदियौँदेखि अत्यन्त पछौटे जीवन व्यथित गर्न विवश छन् । उनीहरूको आवाज सधैँ दमित गरिनुका साथै समाजमा इतिहास विहिन, शक्तिहीन भएका हुन्छन् । यी र यस्तै विषयवस्तुलाई केन्द्रमा राखेर गरिने रचनाहरू नै सबाल्टर्नपरक रचना हुन् । प्रस्तुत अध्ययनमा सबाल्टर्नसम्बन्धी यिनै आधारभूत मान्यता र सिद्धान्तका आधारमा उक्त कथामा वर्गीय अवस्था, वर्ग संस्कृति र प्रतिरोधको चेतनालाई हेरिएको छ । यहाँ सबाल्टर्न अध्ययनको खोजी गर्ने क्रममा समाजमा अवरजन कसरी शोषित, पीडित हुँदै आइरहेका छन् र त्यसलाई उनीहरू किन चुपचाप सहन्छन् भन्ने यावत् कुराहरूको अध्ययन गरिएको छ । यसका साथै कथाको अन्त्यमा श्रमजीवी वर्गमा उदाउँदै गरेको प्रतिरोधी चेतना र अवरजनप्रति कृतिकारको दृष्टिकोण पनि केलाएको छ । यिनै विषयमा केन्द्रित भएर निर्धारित कथालाई विश्लेषण गरेर हेर्दा सबाल्टर्न अध्ययनका दृष्टिले उत्कृष्ट रहेको निष्कर्ष निकालिएको छ । प्रभुत्वशाली वर्ग संस्कृति र सबाल्टर्नका प्रतिरोधी चेतनालाई उजागर गरिएको प्रस्तुत लेखमा निम्न वर्गीय चरित्रका परिचित सानुको दमित, सुषुप्त र छरिएका विचारलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
Zitieren
APA
Budhathoki, S. (2025). गोविन्दबहादुर मल्ल ‘गोठाले’का “मालिकको कुकुर” कथामा सबाल्टर्न (अवरजन). Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i9.77755
Vancouver
Budhathoki S. गोविन्दबहादुर मल्ल ‘गोठाले’का “मालिकको कुकुर” कथामा सबाल्टर्न (अवरजन). Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2025. doi:10.3126/pb.v5i9.77755
BibTeX
@article{Budhathoki2025,
author = {Budhathoki, Sarmila},
title = {गोविन्दबहादुर मल्ल ‘गोठाले’का “मालिकको कुकुर” कथामा सबाल्टर्न (अवरजन)},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2025},
doi = {10.3126/pb.v5i9.77755}
}
EUVIMED