EUVIMEDEUVIMED entdecken
Crossref

‘लछमनियाको गौना’ कथामा आञ्चलिकता

Bom Bahadur Khadka

Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2023

DOI: 10.3126/pb.v5i10.71386 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2023. Verfasst von Bom Bahadur Khadka.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

प्रस्तुत अनुसन्धानात्मक लेख सनत रेग्मीद्वारा लेखिएको ‘लछमनियाको गौना’ कथा आञ्चलिकता शीर्षकमा केन्द्रित छ । कथामा कथाञ्चलको भौगोलिक स्थिति, सामाजिक सांस्कृतिक अवस्था, वालविवाहको परम्परा, भाषिक प्रयोगलाई जीवन्त रूपमा र यथार्थपरक चित्रण गरिएको छ । यस कथाको भूगोल मुख्यतः राप्ती नदी पारि ग्रामीण बस्तीका सीवान, जोगा गाउँ, चकचुइया झुला इलाका रहेको र यसका अतिरिक्त नेपालगञ्जको बजार, भारतको गङ्गापुर र रामपुरसम्म फैलिएको देखिन्छ । कथामा लछमनिया र गङ्गापुरवालाको बाल्यकालमै वालविवाह भई अहिले दुवै जना जवान भएका अवस्थामा पति लछमनियालाई गौना गरी घरमा लैजान चाहने र लछमनियाको बाबु गङ्गापुरवालालाई घरज्वाइँ राख्न चाहेको कुरा कथामा मुख्य रूपमा उठाइएको छ । गौना माग्ने र गौना नदिने यी दुईका जुधाई र मिचाइमा लछमनियाको जवानी परेको कुरा कथामा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । अन्ततः जवानीले अत्तालिएकी लछमनिया दक्षिणतर्फको सीवानमा घाँस खुर्कदै गर्दा एकदिन गङ्गापुरवाला जस्तै देखिने रामपुरवालासँग भेट हुन्छ । बातचितमा रामपुरवालाले आफूलाई गङ्गापुरवाला हुँ भनी छलछाम गरि लछमनियालाई साइकलमा राखेर नेपाल भारतको सीमा क्षेत्र भारतको विहारतर्फ भगाई उसको भविष्य अनिश्चित बनाइएको कुरा कथाले सङ्केत गरेको छ ।

Zitieren

APA

Khadka, B. B. (2023). ‘लछमनियाको गौना’ कथामा आञ्चलिकता. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i10.71386

Vancouver

Khadka BB. ‘लछमनियाको गौना’ कथामा आञ्चलिकता. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2023. doi:10.3126/pb.v5i10.71386

BibTeX
@article{Khadka2023,
  author = {Khadka, Bom Bahadur},
  title = {‘लछमनियाको गौना’ कथामा आञ्चलिकता},
  journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
  year = {2023},
  doi = {10.3126/pb.v5i10.71386}
}
Kostenlos starten →