‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
Prajnik Bimarsha प्राज्ञिक विमर्श · 2023
DOI: 10.3126/pb.v5i10.71384 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Prajnik Bimarsha प्राज्ञिक विमर्श, 2023. Verfasst von Durga Bahadur Gharti.
Abstract (Originalsprache)
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्धित हुन्छ । आनन्द दैहिक र मानसिक प्रकारको हुन्छ । व्यावहारिक कलाले कायिक र ललित कलाले मानसिक सुख प्रदान गर्दछन् । सङ्गीत, चित्रकला, मूर्तिकला, साहित्य आदि ललितकला हुन् । नाटक साहित्यको एउटा विधा हो । यो जीवनजगत्को अनुकरण गरिने कला हो । त्यसमा पात्रको महŒवपूर्ण भूमिका हुन्छ । पात्रका माध्यमद्वारा नै नाटकमा घटनाको विकास, सामाजिक परिस्थिति एवं विचारको प्रस्तुति सम्भव हुन्छ । त्यसका लागि नाटकमा पात्रको चयन र तिनको भूमिकामा विशेष ध्यान दिइएको हुन्छ । पात्रको चयन विभिन्न आधारमा गरिएको हुन्छ । पात्रलाई तिनका क्रियाकलाप, संवाद, अवस्थाका माध्यमद्वारा प्रस्तुत गरिएको हुन्छ । तिनै विभिन्न आधारमा ‘बहुला काजीको सपना’ नाटकका पात्रविधानको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र पाठ विश्लेषण विधिद्वारा सामग्री विश्लेषण गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा नाटकको विधा सिद्धान्त हो । त्यसबाट पात्र विश्लेषणको अवधारणा निर्माण गरिएको छ । यस नाटकका पात्रहरू गरिबीको समस्यालाई देखाउनका लागि चयन गरिएका छन् र समाजबाट गरिबीको उन्मूलन हुनुपर्छ भन्ने कुरा पात्रहरूका माध्यमद्वारा प्रस्तुत अध्ययनको निष्कर्ष रहेको छ ।
Zitieren
APA
Gharti, D. B. (2023). ‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान. Prajnik Bimarsha प्राज्ञिक विमर्श. https://doi.org/10.3126/pb.v5i10.71384
Vancouver
Gharti DB. ‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान. Prajnik Bimarsha प्राज्ञिक विमर्श. 2023. doi:10.3126/pb.v5i10.71384
BibTeX
@article{Gharti2023,
author = {Gharti, Durga Bahadur},
title = {‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान},
journal = {Prajnik Bimarsha प्राज्ञिक विमर्श},
year = {2023},
doi = {10.3126/pb.v5i10.71384}
}
EUVIMED