काठमाडौँ टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययन
Nepalese Culture · 03.06.2026 · 19 · 125-144
DOI: 10.3126/nc.v19i01.95027 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Nepalese Culture, online erschienen am 03.06.2026. Verfasst von Yamanath Upadhyay.
Abstract (Originalsprache)
काठमाडौँको टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययनमा आधारित यस शोधको मुख्य उद्देश्य मन्दिरको ऐतिहासिकता, मूर्त सम्पदा र यसमा अन्तर्निहित अमूर्त सांस्कृतिक पक्षहरूको अन्वेषण गरी यसको समग्र पहिचानलाई उजागर गरिएको छ । सङ्कटा मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूबीचको धार्मिक समन्वय र तान्त्रिक परम्पराको एक जीवन्त सङ्गमस्थलका रूपमा रहेको छ । प्रस्तुत अनुसन्धान ऐतिहासिक एवं सांस्कृतिक अन्वेषणमा आधारित छ, जसमा गुणात्मक विधि र आगमनात्मक ढाँचाको प्रयोग गरिएको छ । प्राथमिक तथ्याङ्क सङ्कलनका लागि २०८१ र २०८२ सालमा स्थलगत अवलोकन र पुजारी तथा सरोकारवालाहरूसँग अन्तर्वार्ता लिइएको थियो । द्वितीयक स्रोतका रूपमा पुस्तक, अभिलेख, विज्ञ समीक्षित जर्नलको उपयोग गरिएको छ । अध्ययनका मुख्य प्राप्तिहरूले सङ्कटा मन्दिरको ऐतिहासिक सम्बन्ध लिच्छविकालसँग रहेको पुष्टि गर्दछन् । राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले कामरूप कामाक्षाबाट सङ्कटालाई नेपाल ल्याएको किंवदन्ती र मन्दिर परिसरका लिच्छविकालीन चैत्य एवं अभिलेखहरूले यसको प्राचीनता प्रमाणित गर्दछन् । यहाँ हिन्दूहरूले सङ्कटालाई शनिको रूपमा र बौद्धहरूले चण्डमहारोषण वा पद्मान्तकका रूपमा पुज्ने गरेको पाइन्छ, जसले अनुपम धार्मिक सहिष्णुता झल्काउँछ । मन्दिरको मूर्त सम्पदामा दुईतले घर शैलीको वास्तुकला र प्रतिमा लक्षणहरू महत्त्वपूर्ण छन् भने अमूर्त संस्कृतिअन्तर्गत नित्य पूजा, नैमित्तिक पूजा, बुसाधँ पूजा र बाह्रवर्षे जात्रा जस्ता परम्पराहरू पुस्तान्तरण हुँदै आएका छन् । सङ्कटा मन्दिर काठमाडौँको एउटा विशिष्ट सांस्कृतिक र तान्त्रिक केन्द्र हो । मन्दिरको मूर्त संरचना र यहाँका जीवन्त परम्पराहरूले नेपालको मौलिक पहिचानलाई जोगाइराखेका छन् । यसको ऐतिहासिक गहिराइ र साझा धार्मिक आस्थाको संरक्षण गर्नु अपरिहार्य देखिन्छ ।
Zitieren
APA
Upadhyay, Y. (2026). काठमाडौँ टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययन. Nepalese Culture, 19, 125-144. https://doi.org/10.3126/nc.v19i01.95027
Vancouver
Upadhyay Y. काठमाडौँ टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययन. Nepalese Culture. 2026;19:125-144. doi:10.3126/nc.v19i01.95027
BibTeX
@article{Upadhyay2026,
author = {Upadhyay, Yamanath},
title = {काठमाडौँ टेबहाल स्थित सङ्कटा मन्दिरको सांस्कृतिक अध्ययन},
journal = {Nepalese Culture},
year = {2026},
volume = {19},
pages = {125--144},
doi = {10.3126/nc.v19i01.95027}
}
EUVIMED