EUVIMEDEUVIMED entdecken
Open Access · CC BY-NC 4.0

चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास

Jeetman Rai

Kirat Pragya किरात प्रज्ञा · 01.06.2026 · 5 · 40-50

DOI: 10.3126/kp.v5i5.95203 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Kirat Pragya किरात प्रज्ञा, online erschienen am 01.06.2026. Verfasst von Jeetman Rai. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

चाम्लिङ समुदायमा पाछा भनेको खास गरेर वैवाहिक सम्बन्ध जोड्नलाई सात पुस्तापछि वा आठ पुस्तादेखि बाह्र पुस्तासम्म छुट्टयाइएको हाँगा वा समूह हो । पाछालाई अर्को शब्दमा रक्तसमूह पनि भन्न सकिन्छ । चाम्लिङको पाछाको विषयमा विशेष गरेर खोटाङको साकेला गाउँपालिका –२, रतन्छा गाउँमा वि.सं २०८१ साल बैशाखदेखि मंसिरसम्म गरिएको एथ्नोग्राफिक अध्ययन हो । यसमा पाछाहरूको निर्माण हुने प्रक्रियाका साथै आवश्यकता र अन्य विविध क्षेत्रहरूका द्वितीय स्रोतहरूबाट प्राप्त अन्य पाछाहरू समेत समेटिएका छन् । यस अध्ययनमा पाछाहरूको ऐतिहासिक निर्माण, परम्परागत सामाजिक तथा सांस्कृतिक अभ्यासमा आवश्यकताबारे विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार गरिएको छ । पाछाको ऐतिहासिक पक्ष सम्बन्धी अध्ययन गर्दा विशेष गरेर विवाह वा कुटुम्बेरीको लागि पाछा छुट्टयाइन्छ । मुन्दुमी, रिसिमीहरूका अनुसार चाम्लिङ समुदायमा नायुमा–पाहँ चेली माइती विवाहदेखि सुरु हुँदै पाछा प्रणालीको विकासपछि सातौँ पुस्तापछि मात्र हाडफोरा विवाह वा कुटुम्बेरी चलाउने चलन वा परम्परा रहेको पाइयो । समय र परिस्थितिअनुसार उत्पत्ति र अहिलेसम्मको परम्परागत वैवाहिक संस्कारहरूमा आएको भिन्नताले जन्माएको पाछाले मानव सभ्यताको रीतिस्थिति र नियमकानुन बनाएको देखिन्छ । पाछाको ऐतिहासिक विकासले संस्कार–संस्कृति निर्माण हुन्छ भन्ने प्रस्ट देखिन्छ । जन्मदेखि मृत्युपर्यन्त सबै कार्यहरू पाछाको आधारमा हुने भएकाले यसको महङ्खव त्यति नै रहेको छ । चाम्लिङ संस्कार–संस्कृतिमा एकै पाछाभित्र विवाह वा कुटुम्बेरी चल्दैन । चाम्लिङ समुदायको पाछाहरूको उत्पत्ति, संस्कार, इतिहास, आदिबारे यो विशुद्ध ऐतिहासिक अनुसन्धान भएकाले पत्ता लागेको ज्ञानले बौद्धिक क्षेत्रमा योगदान पुग्ने विश्वास गरिएको छ ।

Zitieren

APA

Rai, J. (2026). चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास. Kirat Pragya किरात प्रज्ञा, 5, 40-50. https://doi.org/10.3126/kp.v5i5.95203

Vancouver

Rai J. चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास. Kirat Pragya किरात प्रज्ञा. 2026;5:40-50. doi:10.3126/kp.v5i5.95203

BibTeX
@article{Rai2026,
  author = {Rai, Jeetman},
  title = {चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास},
  journal = {Kirat Pragya किरात प्रज्ञा},
  year = {2026},
  volume = {5},
  pages = {40--50},
  doi = {10.3126/kp.v5i5.95203}
}
Kostenlos starten →