जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खा
Kirat Pragya किरात प्रज्ञा · 2025
DOI: 10.3126/kp.v4i1.79178 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Kirat Pragya किरात प्रज्ञा, 2025. Verfasst von Manju Rai. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खाले छैठौँ महाधिवेशनबाट विधान सम्मत अघि बढाएको राजनैतिक मुद्दामा केन्द्र्रित रहेको छ । किरात राई जाति नेपालमा आदिम कालदेखि नै बसोबास गर्ने प्रमुख जाति मात्रै नभई नेपालमा लामो समयसम्म शासन सञ्चालन गर्ने जाति हो । तथापि विभिन्न समयमा घटेका राजनीतिक घटना क्रमसँगै बिस्तारै राजनीतिक, सामाजिक अन्य कुरामा बहिस्कृत हुँदै दोस्रो दर्जाको नागरिक जस्तै बन्न पुग्यो जसले गर्दा उनीहरुको भाषा, धर्म, संस्कार संस्कृति पनि अतिक्रमणमा पर्यो । अतिक्रमणमा परेका यी सबै कुराहरुलाई संरक्षण र सम्बद्र्धन गर्नका निम्ति किरात राई यायोक्खा स्थापना भएको हो । समयक्रमसँगै सामाजिक मुद्दामा मात्र होइन, राजनैतिक मुद्दामा बहस सुरू गर्नुपर्यो भन्ने विषयको खोजी गर्नु यो लेखको उद्देश्य रहेको छ । यस आलेखमा गुणात्मक विधिअन्र्तगत विश्लेषणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । प्राथमिक स्रोतको रुपमा यस विषयसँग सरोकार राख्ने व्यक्ति, अनुसन्धानकर्ताहरुसँग लिएको अन्तर्वार्ता र छलफलका निस्कर्षहरु, विभिन्न सभा सम्मेलनमा व्यक्त विचार र द्वितीयक स्रोतको रुपमा किरात राई यायोक्खाको विधान, मुखपत्रहरु, साथै विभिन्न राजनैतिक दलहरुको विधान दस्ताबेजलाई आधार लिइएको छ । राजनीतिक इतिहासको विभिन्न कालखण्ड र गोर्खा राज्य बिस्तारले आफ्नो मौलिक भाषा, धर्म, संस्कार संस्कृति र राजनैतिक थिचोमिचोबाट सम्पूर्ण किरात राई जातिहरुको सांस्कृतिक, सामाजिक, राजनीतिक, शैक्षिक र प्रशासनिक पहुँच स्थापित गर्न आवश्यक भएकाले किरात राई यायोक्खाले राजनीतिक मुद्दा उठाउन जरुरी देखिन्छ भन्ने यो लेखको निष्कर्ष रहेको छ ।
Zitieren
APA
Rai, M. (2025). जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खा. Kirat Pragya किरात प्रज्ञा. https://doi.org/10.3126/kp.v4i1.79178
Vancouver
Rai M. जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खा. Kirat Pragya किरात प्रज्ञा. 2025. doi:10.3126/kp.v4i1.79178
BibTeX
@article{Rai2025,
author = {Rai, Manju},
title = {जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खा},
journal = {Kirat Pragya किरात प्रज्ञा},
year = {2025},
doi = {10.3126/kp.v4i1.79178}
}
EUVIMED