भोजपुरी मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा प्रभाव
Journal of Research in Education · 2025
DOI: 10.3126/jore.v1i1.78741 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Journal of Research in Education, 2025. Verfasst von Satendra Prasad Yadav. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख भोजपुरी मातृभाषी विद्यार्थीहरूले नेपाली भाषा सिकाइमा प्रभावको अध्ययनमा केन्द्रित छ ।यो लेख नेपाली भाषा सिकाइमा भोजपुरी भाषाको उच्चारण र वर्ण विन्यासको प्रभावको उद्देश्यमा केन्द्रित छ। यो लेख गुणात्मक अनुसन्धान परिघटानामूलक (Phenomenology) ढाँचामा आधारित छ । उद्देश्यमूलक विधिको प्रयोग गरी नमुना छनोट गरिएको छ । सहभागीहरूसँग उच्चारण र वर्णविन्यासगत तथ्य सङ्कलन गरिएको छ । सङ्कलित तथ्यलाई लिप्यान्तरण गरेर जस्ता दुई साझा थिमको निर्माण गरी विद्यार्थीरूको नेपाली भाषाको सिकाइमा भोजपुरीको प्रभावको विश्लेषण गरिएको छ । विद्यार्थीसँग भाषा सिकाइको प्रभाव अध्ययन गर्दा अजन्त/हलन्त, अल्पप्राण/महाप्राण, सघोष/अघोष, ‘य्’ को प्रयोग, शब्दमध्य र शब्दान्तमा ‘ह्’, पञ्चम् वर्ण ‘ण्’, ऋकार र रकारको प्रयोग भएका शब्दहरूको उच्चारणमा ध्यान दिइएको छ। विद्यार्थीको उच्चारण हेर्दा विद्यार्थीहरूले महाप्राणलाई अल्पप्राण, सघोषलाइ अघोष, ‘ण्’ पञ्चम वर्णको ‘न्’ उच्चारण, शब्दमध्य र शब्दान्तमा ‘ह’ को लोप, ऋकार र रकारको रेफगत उच्चारण, ‘र्’ र ‘ल्’ को ध्वनि विपर्यासगत उच्चारण गरेको देखिन्छ भने उच्चारणगत प्रभाव वर्णविन्यास (लेखाइ) मा पनि देखिएको साथैमातृभाषाका शब्दका आधारमा विश्लेषण गरिएको छ । भोजपुरी मातृभाषी विद्यार्थीहरूको उच्चारण र वर्णविन्यासमा देखिएका विशिष्टताहरूले नेपाली भाषा सिकाइमा भोजपुरी भाषाको प्रभाव रहेको निष्कर्ष निकालिएको छ। यस लेखबाट अध्येता तथा समग्र भाषाशिक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Zitieren
APA
Yadav, S. P. (2025). भोजपुरी मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा प्रभाव. Journal of Research in Education. https://doi.org/10.3126/jore.v1i1.78741
Vancouver
Yadav SP. भोजपुरी मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा प्रभाव. Journal of Research in Education. 2025. doi:10.3126/jore.v1i1.78741
BibTeX
@article{Yadav2025,
author = {Yadav, Satendra Prasad},
title = {भोजपुरी मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा प्रभाव},
journal = {Journal of Research in Education},
year = {2025},
doi = {10.3126/jore.v1i1.78741}
}
EUVIMED