EUVIMEDEUVIMED entdecken
Crossref

ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन

टीकादेवी Tikadevi पौड्याल Poudyal

Journal of Janta Multiple Campus · 2024

DOI: 10.3126/jjmc.v3i1.66109 ↗

Kurz gefasst

Fachartikel in der Zeitschrift Journal of Janta Multiple Campus, 2024. Verfasst von टीकादेवी Tikadevi पौड्याल Poudyal.

AbstractBibliografische AngabenZitierenVerwandte Studien

Abstract (Originalsprache)

ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन कुन रूपमा भएको छ भन्ने कुरामा केन्द्रित रही यो लेख तयार गरिएको छ । विचार र कलाका विविध पक्षहरूको सैद्धान्तिक अध्ययनका लागि विभिन्न सामग्रीहरूलाई द्वितीयक स्रोतका रूपमा सङ्कलन र अध्ययन गरिएको छ । त्यही सैद्धान्तिक आधारमा प्राथमिक स्रोतका रूपमा रहेको ईश्वरलाई चिठी कविताको विचार र कलाको संयोजनको विश्लेषण गरिएको छ । कविताको विचार र कलाको संयोजनका अध्ययनका लागि विचारतर्फ शीर्षक, भाव वा विषयवस्तुलाई आधार मानेर र कलातर्फ भाषाशैली, छन्द र लय विधान, बिम्बविधान, रसविधान तथा अलङ्कारका आधारमा विश्लेषण गरिएको छ । ईश्वरलाई चिठी कविता विचारका दृष्टिबाट हेर्दा ईश्वरीय चेत वा अध्यात्मवादी चेत भरिएको कविता देखिन्छ । ईश्वर जताततै भएर पनि आफूले देख्न नसकेको पुकारा नै ईश्वरलाई चिठी हो । प्रस्तुत कविताको शीर्षक आफैँमा कलापूर्ण पाइन्छ र कवितामा विचारप्रवाह गर्ने भाषाशैली सरल र सुन्दर रहेको छ । प्रस्तुत कविताको विचारअनुसारको छन्दको छनौटमा उपयुक्तता पाइन्छ । त्यस्तै गरी छन्द र विचारअनुसारका सुन्दर बिम्बहरूको छनौटले कवितालाई सुन्दर र आकर्षक बनाएको पाइन्छ । प्रस्तुत कवितामा शान्त रसको प्रयोग भएको छ जुन ईश्वरीय चेत वा अध्यात्मजस्ता विचारमा प्रयुक्त रस हो । कविता विश्लेषणको अर्को पक्ष अलङ्कारका दृष्टिबाट हेर्दा प्रस्तुत कवितामा स्वभावोक्ति, संशय, उपमा, अन्त्यानुप्रास, अतिशयोक्ति, रूपक जस्ता अलङ्कारहरू प्रयोग भएका छन् जुन अलङ्कारहरूले कवितालाई पठनीय र श्रुतिमधुर बनाएका छन् । कवितालाई छन्दअनुसार सुन्दर बनाउने गति र यति हुन् । प्रस्तुत कवितामा गति र यतिको नियम सम्पूर्ण रूपमा पालन गरिएको पाइन्छ । यी माथि प्रस्तुत गरिएका सबै पक्षहरूलाई विश्लेषण गर्दा ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन रहेको निष्कर्ष निकालिएको छ ।

Zitieren

APA

Poudyal, ट. T. प. (2024). ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन. Journal of Janta Multiple Campus. https://doi.org/10.3126/jjmc.v3i1.66109

Vancouver

Poudyal टTप. ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन. Journal of Janta Multiple Campus. 2024. doi:10.3126/jjmc.v3i1.66109

BibTeX
@article{Poudyal2024,
  author = {Poudyal, टीकादेवी Tikadevi पौड्याल},
  title = {ईश्वरलाई चिठी कवितामा विचार र कलाको संयोजन},
  journal = {Journal of Janta Multiple Campus},
  year = {2024},
  doi = {10.3126/jjmc.v3i1.66109}
}
Kostenlos starten →