बादल फाट्न खोजिरहेछ एकाङ्कीमा नारीसमाज
Journal of Development Review · 03.08.2026 · 11 (2) · 130-142
DOI: 10.3126/jdr.v11i2.102078 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Journal of Development Review, online erschienen am 03.08.2026. Verfasst von Kanchhi Maharjan. Der Volltext ist frei zugänglich (Open Access, CC BY 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख सुधा त्रिपाठी (२०५५)को निःश्वासका गुजुल्टाहरू एकाङ्कीसङ्ग्रहमा समावेश बादल फाट्न खोजिरहेछ एकाङ्कीमा चित्रण गरिएको नारीसमाजको अध्ययनमा केन्द्रित छ । लैङ्गिक आधारमा मानवजाति नारी र पुरुष गरी दुई वर्गमा विभाजित छ । नारीको समाज नारीसमाज हो; नारीले भोग्ने समाज नारीसमाज हो; समाजले नारीमाथि गर्ने सामाजिक, धार्मिक, आर्थिक व्यवहार पनि नारी समाजअन्तर्गत पर्दछन् । आदिकालमा समतामूलक समाज देखिन्छ, जहाँ स्त्री र पुरुषको समाज समान थियो । नारीलाई पनि पुरुषसरह एक स्वतन्त्र एवम् स्वायत्त जीव मानिन्थ्यो तर कृषियुग हुँदै पूँजीवादसम्म आइपुग्दा नारीसमाज परिवर्तित हुँदै गयो । नारीसमाज पराधीन र शासित अवस्थामा रहनुपर्ने व्यवस्था सिर्जना भयो । इतिहास र समाजविकासको प्रसङ्ग खोतल्दै परिवर्तित नारीसमाजको अध्ययन गर्न माक्र्स र एङ््गेल्सका वैचारिक दृष्टिकोण महŒवपूर्ण रहन्छन् । इतिहास र समाजविकासको अध्ययनका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै एकमात्र वैज्ञानिक विश्वदृष्टिकोण बनेको छ । यसैकारण नेपालको परिवेशमा पनि नारीसमाजको अध्ययनका सन्दर्भमा यसैलाई आधार बनाउनु आवश्यक देखिन्छ । द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादले सामाजिक सम्बन्ध र भूमिकाहरू उत्पादनकर्ताहरूले एक–आपसमा स्थापित गर्दछ भन्ने धारणा अगि सार्दछ । माक्र्सको समाजविकासका ऐतिहासिक चरणहरू आदिम साम्यवादी युग, दास युग, सामन्ती युग हुँदै पूँजीवादी युगसम्म आइपुग्दा नारीसमाज परिवर्तित हुँदै आएको पाइन्छ । त्रिपाठीको बादल फाट्न खोजिरहेछ एकाङ्कीमा केकस्तो नारी समाजलाई केकसरी चित्रित गरिएको छ ? र त्रिपाठीको बादल फाट्न खोजिरहेछ एकाङ्कीमा नारीसमाजका केकस्ता समाधान चित्रित छन् ?लाई प्रमुख प्राज्ञिक प्रश्न बनाएर अध्ययन अगाडि बढाइएको छ । मूलतः माक्र्सवादी नारीवाद सिद्धान्तका मूलभूत मान्यतालाई आधार मानेर तयार पारिएका परिस्थितिजन्य नारीसमाज, पराधीनताको प्रमुख कारक ः आर्र्र्थिक तŒव, र स्वतन्त्रता (स्वाधीनता) ः अस्तित्वको विषयजस्ता उपकरणलाई यस लेखका साक्ष्य विश्लेषणको आधार बनाइएको छ । बादल फाट्न खोजिरहेछ एकाङ्कीमा पूँजीवादी युगको नारीसमाजको चित्रण गरिएको छ । त्यहाँ लैङ्गिक विभेदपूर्ण नारीसमाजको चित्रण गर्दै विगतमा महिलामाथि हुने दमनका विरुद्धमा आवाज उठाउने क्रान्तिकारी नारीको उपस्थितिमार्फत परम्पराभन्दा भिन्न नारीसमाज प्रस्तुत गर्नु मुख्य उद्देश्य रहेको छ । समाज नारी र पुरुष दुवैको साझा स्वतन्त्र स्थल हो, जहाँ दुवैको समान हक र कर्तव्यको प्रणाली हुनुपर्दछ भन्नु नै यस अध्ययनको निकर्ष हो ।
Zitieren
APA
Maharjan, K. (2026). बादल फाट्न खोजिरहेछ एकाङ्कीमा नारीसमाज. Journal of Development Review, 11(2), 130-142. https://doi.org/10.3126/jdr.v11i2.102078
Vancouver
Maharjan K. बादल फाट्न खोजिरहेछ एकाङ्कीमा नारीसमाज. Journal of Development Review. 2026;11(2):130-142. doi:10.3126/jdr.v11i2.102078
BibTeX
@article{Maharjan2026,
author = {Maharjan, Kanchhi},
title = {बादल फाट्न खोजिरहेछ एकाङ्कीमा नारीसमाज},
journal = {Journal of Development Review},
year = {2026},
volume = {11},
number = {2},
pages = {130--142},
doi = {10.3126/jdr.v11i2.102078}
}
EUVIMED