वर्षाविचार काव्यमा वर्णविन्यासवक्रताको प्रयोग
Journal of Development Review · 03.08.2026 · 11 (2) · 116-129
DOI: 10.3126/jdr.v11i2.102076 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Journal of Development Review, online erschienen am 03.08.2026. Verfasst von Kalpana Luitel. Der Volltext ist frei zugänglich (Open Access, CC BY 4.0).
Abstract (Originalsprache)
प्रस्तुत आलेखमा लेखनाथ पौड्यालद्वारा रचित ऋतुविचार खण्डकाव्यको वर्षाविचारमा वर्णविन्यासवक्रताको प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । पूर्वीय साहित्य चिन्तक आचार्य कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका छ भेद मध्ये प्रथम भेद वर्णविन्यासवक्रता हो । वर्णविन्यासवक्रताका विभिन्न भेदोपभेदमा पर्ने वर्णविन्यासवक्रताको परिचय दिई तिनका भेदोपभेदको चर्चा र यसै सिद्धान्तका आधारमा विवेच्य कृति वर्षाविचारमा पाइने वर्णविन्यासवक्रताका के कस्ता भेदोपभेदको प्रयोग भएको छ भन्ने बारेमा अध्ययन गरिएको छ । लेखनाथ पौड्यालद्वारा रचना भएको वर्षाविचारमा प्रर्युक्त वर्णविन्यासवक्रत्ता प्रयोगको पहिचान गर्दा आचार्य कुन्तकद्वारा लिखित तथा आचार्य विश्वेश्वर सिद्धान्त शिरोमणिद्वारा हिन्दीमा अनुदित हिन्दी वक्रोक्तिजीवित कृति तथा दशरथ द्विवेदीद्वारा हिन्दीमा अनुदित वक्रोक्तिजीवितम् कृतिलाई सैद्धान्तिक परिचय र विश्लेषण विधिका लागि उपयोग गरिएको छ । प्रस्तुत वर्षाविचार काव्यमा प्रयुक्त व्यवधानयुक्त र व्यवधानविहीन एक, द्वि र बहुवर्णविन्यासवक्रता तथा तलनादि वर्णविन्यासवक्रता र रकारादि वर्णविन्यासवक्रताका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत कृत्तिमा यहाँ उल्लेखित वर्णविन्यासवक्रताको सुन्दर उपयोग गरी काव्यलाई सुललित र रमणीय बनाइएको छ । अध्ययनको अन्तमा निष्कर्ष दिइएको छ ।
Zitieren
APA
Luitel, K. (2026). वर्षाविचार काव्यमा वर्णविन्यासवक्रताको प्रयोग. Journal of Development Review, 11(2), 116-129. https://doi.org/10.3126/jdr.v11i2.102076
Vancouver
Luitel K. वर्षाविचार काव्यमा वर्णविन्यासवक्रताको प्रयोग. Journal of Development Review. 2026;11(2):116-129. doi:10.3126/jdr.v11i2.102076
BibTeX
@article{Luitel2026,
author = {Luitel, Kalpana},
title = {वर्षाविचार काव्यमा वर्णविन्यासवक्रताको प्रयोग},
journal = {Journal of Development Review},
year = {2026},
volume = {11},
number = {2},
pages = {116--129},
doi = {10.3126/jdr.v11i2.102076}
}
EUVIMED