माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य
Interdisciplinary Research in Education · 17.07.2026 · 11 (1) · 89-106
DOI: 10.3126/ire.v11i1.96707 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Interdisciplinary Research in Education, online erschienen am 17.07.2026. Verfasst von Khadga Bahadur Shahi und 1 weiteren Autor:innen. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्यको अध्ययनमा आधारित छ। यस लेखको मुख्य उद्देश्य माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्यको अध्ययन विश्लेषण गर्नु रहेको छ। यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाअन्तर्गत वर्णनात्मक/विश्लेषण विधिको अनुप्रयोग गरिएको छ। पुस्तकालयीय अध्ययनमा आधारित यस अध्ययनमा माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषामा समाविष्ट भाषिक प्रकार्यलाई प्राथमिक स्रोत सामग्रीका रूपमा लिइएको छ। प्राथमिक स्रोतगत तथ्यलाई विश्लेषण गर्न प्रकार्यात्मक सम्प्रेषणात्मक अवधारणा तथा सिद्धान्तलाई उपयोग गरिएको छ। माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषा पाठ्यक्रमअन्तर्गत कक्षा ९ नेपाली भाषा पाठ्यक्रमका प्रत्येक विधा/क्षेत्रमा समाविष्ट १६ वटा र कक्षा १० को नेपाली भाषा पाठ्यक्रमका प्रत्येक विधा/क्षेत्रमा समाविष्ट १७ वटा भाषिक प्रकार्यहरूलाई विल्किन्स (१९७६) द्वारा उल्लिखित न्यायिक निर्णय र मूल्याङ्कन, कार्य ढाँचाको निर्णय, तर्क, तार्किक खोज र प्रदर्शन, वैयक्तिक संवेग र भावनात्मक सम्बन्ध जस्ता सम्प्रेषणात्मक प्रकार्यलाई प्रतिमानका रूपमा लिई विश्लेषण गरिएको छ। भाषिक प्रकार्यलाई विश्लेषण गर्दा माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा न्यायिक निर्णय र मूल्याङ्कनअन्तर्गत दुई वटा, कार्यढाँचाको निर्णयअन्तर्गत दुई वटा, तर्कअन्तर्गत पाँच वटा, तार्किक खोज र प्रदर्शनअन्तर्गत नौ वटा, वैयक्तिक संवेगअन्तर्गत पाँच वटा र संवेगात्मक सम्बन्धअन्तर्गत छ वटा भाषिक प्रकार्य प्रयोग गरिएको पाइयो। यी भाषिक प्रकार्यहरूको उपयुक्त र प्रभावकारी शिक्षणपश्चात् माध्यमिक तह (कक्षा ९ र १०) मा अध्ययनरत विद्यार्थीहरूमा भाषिक प्रकार्यात्मक क्षमताको विकास हुने निष्कर्ष निकालिएको छ।
Zitieren
APA
Shahi, K. B., & Bhusal, K. (2026). माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य. Interdisciplinary Research in Education, 11(1), 89-106. https://doi.org/10.3126/ire.v11i1.96707
Vancouver
Shahi KB, Bhusal K. माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य. Interdisciplinary Research in Education. 2026;11(1):89-106. doi:10.3126/ire.v11i1.96707
BibTeX
@article{Shahi2026,
author = {Shahi, Khadga Bahadur and Bhusal, Keshab},
title = {माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य},
journal = {Interdisciplinary Research in Education},
year = {2026},
volume = {11},
number = {1},
pages = {89--106},
doi = {10.3126/ire.v11i1.96707}
}
EUVIMED