जुम्लाको उच्च पहाडी क्षेत्रको रैथाने रातो कोदोको मूल्याङ्कन, दर्ता तथा प्रवद्र्धन
Genetics, Plant Breeding and Seed Science · 2025
DOI: 10.3126/gpbss.v1i1.85805 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Genetics, Plant Breeding and Seed Science, 2025. Verfasst von Pradip Thapa und 3 weiteren Autor:innen. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
राष्ट्रिय जिन बैंक, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल, कृषि विभाग र बायोभर्सिटि इन्टरनेशनलको पहलमा संचालित स्थानीय बाली परियोजना मार्फत तातोपानी गाउँपालिका–०४ हाकुस्थित धौलीगाड सामुदायिक बीउ बैंक र कृषि विविधता संरक्षण समूहको अगुवाईमा जुम्ला जिल्लामा परम्परागत रूपमा खेती गरिँदै आएको रैथाने जात “रातो कोदो” (भ्भिगकष्लभ अयचबअबलब ी।) लाई सहभागितामूलक बाली प्रजनन विधिबाट मूल्यांकन गरिएको थियो । कृषककै खेतबारीमा गरिएको परिक्षण र स्थानीय समुदायसंगको छलफलबाट जातका वानस्पतिक गुण, उत्पादन क्षमता र किसानको प्राथमिकता संकलन गरियो । रातो कोदोले चाँडो पाक्ने, प्रति बाला औंलाको संख्या बढी हुने र उपयुक्त सिँचाइ बिनाको अवस्थामा समेत उच्च उत्पादन (१३०–१६५ के.जी.÷रोपनी) दिने देखिएको छ । कालो कोदोसँगको तुलनामा रातो कोदो उच्च पहाडी भेगका लागि उपयुक्त र उत्पादनमुखी रहेको पाइयो । यस आधारमा राष्ट्रिय बीउ बिजन समितिमा वि.सं. २०७७ मा दर्ता भई नेपालमा समुन्द्री सतहदेखि सबैभन्दा उच्च उचाईसम्म सिफारिस गरिएको कोदोको पहिलो जात बन्न सफल भएको छ । यस जातलाई राष्ट्रिय जीन बैंकमा ल्न्च्ऋ०५११३ परिग्रहण नम्बर प्रदान गर्दै दीर्घकालीन रूपमा संरक्षण गरिएको छ र स्थानीय बीउ बैंकमार्फत बीउ उत्पादन तथा प्रवद्र्धन भइरहेको छ । यो अनुसन्धानले जलवायु सहनशील कृषि प्रणाली विकासमा स्थानीय संलग्नता र संरक्षणको महत्व दर्शाएको छ ।
Zitieren
APA
Thapa, P., Pudasaini, N., Parajuli, K. J., & Joshi, B. (2025). जुम्लाको उच्च पहाडी क्षेत्रको रैथाने रातो कोदोको मूल्याङ्कन, दर्ता तथा प्रवद्र्धन. Genetics, Plant Breeding and Seed Science. https://doi.org/10.3126/gpbss.v1i1.85805
Vancouver
Thapa P, Pudasaini N, Parajuli KJ, Joshi B. जुम्लाको उच्च पहाडी क्षेत्रको रैथाने रातो कोदोको मूल्याङ्कन, दर्ता तथा प्रवद्र्धन. Genetics, Plant Breeding and Seed Science. 2025. doi:10.3126/gpbss.v1i1.85805
BibTeX
@article{Thapa2025,
author = {Thapa, Pradip and Pudasaini, Niranjan and Parajuli, Kabita Jaishi and Joshi, Balkrishna},
title = {जुम्लाको उच्च पहाडी क्षेत्रको रैथाने रातो कोदोको मूल्याङ्कन, दर्ता तथा प्रवद्र्धन},
journal = {Genetics, Plant Breeding and Seed Science},
year = {2025},
doi = {10.3126/gpbss.v1i1.85805}
}
EUVIMED