टाइपिस्ट कथामा लैङ्गिक सचेतना
Curriculum Development Journal · 2023
DOI: 10.3126/cdj.v31i45.68996 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Curriculum Development Journal, 2023. Verfasst von त्रिभुवन Tribhuvan बरई Barai.
Abstract (Originalsprache)
प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा भवानी भिक्षुद्वारा लिखित ‘टाइपिस्ट’ कथाको मूल्याङ्कन गरिएको छ । ‘टाइपिस्ट’ कथामा लैङ्गिक सचेतनाका केकस्ता अभिलक्षणहरूको प्रयोग गरिएको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । समन्यायको अवधारणाको अभिव्यक्ति, लैङ्गिक प्रतिप्रभुत्वको प्रस्तुति तथा महिला र पुरुषको सहकार्यात्मक सम्बन्धमा जोड गरी तीनओटा सूचकका केन्द्रीयतामा प्रस्तुत कथाको मूल्याङ्कन यस अध्ययनमा गरिएको छ । यस लेखको अन्त्यमा मानव हुनुको गरिमालाई कलङ्कित तुल्याउने लैङ्गिक विभेद र उत्पीडनलाई किनाराकृत गरी इमानदारी र जवाफदेहिताका साथ पुरुषले महिलाको र महिलाले पुरुषको अस्तित्व र अस्मितालाई स्विकार्ने, एउटा पक्षले अर्को पक्षलाई हार्दिक प्रेम गर्ने, आपसी समन्वय र सहकार्यमा जीवन बिताउनेजस्ता कुराहरूलाई सर्वोपरि महङ्खव दिँदा समाजबाट लैङ्गिक विषमता हटी सामाजिक समानता कायम भई समतामूलक समाजको स्थापना हुने र त्यस कार्यले समग्र मानवजीवनमूल्य र मानवीय श्रेष्ठता कायम भई लोकमङ्गल हुने सचेतनासम्बन्धी विचारको सञ्चार यस कथामा गरिएको एवम् यस्तो जनहितकारी विचारधारालाई जीवन्त, कलात्मक र प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पु¥याउने विशिष्ट सिर्जनात्मक सामथ्र्य कथाकार भवानी भिक्षुमा सशक्त रूपमा रहेको तथा साहित्यकारलाई लैङ्गिक समता र समविकासको केन्द्रीयतामा साहित्यिक कृतिको रचना, समालोचक र अध्येतालाई लैङ्गिक समालोचनाका आधारमा साहित्यिक कृतिको अध्ययन एवम् पाठकलाई लैङ्गिक समानता, सहकार्य र समन्यायको अवधारणाअनुसारको आचरण र व्यवहार अपनाई मानवजीवनको गरिमा, श्रेष्ठता र सार्थकता सिद्ध गर्ने कार्यमा सघाउने सार प्राप्त हुनुलाई निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।
Zitieren
APA
Barai, त. T. ब. (2023). टाइपिस्ट कथामा लैङ्गिक सचेतना. Curriculum Development Journal. https://doi.org/10.3126/cdj.v31i45.68996
Vancouver
Barai तTब. टाइपिस्ट कथामा लैङ्गिक सचेतना. Curriculum Development Journal. 2023. doi:10.3126/cdj.v31i45.68996
BibTeX
@article{Barai2023,
author = {Barai, त्रिभुवन Tribhuvan बरई},
title = {टाइपिस्ट कथामा लैङ्गिक सचेतना},
journal = {Curriculum Development Journal},
year = {2023},
doi = {10.3126/cdj.v31i45.68996}
}
EUVIMED