बसाइ उपन्यासमा प्रस्तुत दृश्य चित्र
Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) · 01.07.2026 · 29 (1) · 145-152
DOI: 10.3126/bns.v29i1.95342 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), online erschienen am 01.07.2026. Verfasst von Dawa दावा Sherpa शेर्पा und 2 weiteren Autor:innen. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
बसाइँ उपन्यासको दृश्य चित्रको अध्ययन गुणात्मक विधिमा गरिएको छ । बसाइँमा प्रयुक्त दृश्य चित्रले ग्रामीण किसानको यथार्थ गरिबी, असमान आर्थिक अवस्था र विस्थापनको पीडालाई कलात्मक रूपले प्रस्तुत गरेको छ । धनेले आर्थिक स्थिति सुधार्न दृश्य चित्रमा हल–गोरु डिक राखी बैदारको गाभिनी भैंसी किनेको छ । भैंसी किनेको केही दिनकै दृश्य चित्रमा पाडो मरेर भैंसी हलसारो भई द'ध दिनै छोड्छ । धनेको गाभिनी भैंसीले लेउते दमाईँको फापर खाएको केही दिनपछि तुहिएको छ । भैंसी तुहिएको दृश्य चित्रमा धनेले बैदारको पैसा तिर्न नसक्ने भई डिकको हल–गोरु बैदारको भएको छ । धनेले धानको बीउ खाएको झोकमा नन्देको भैंसी कुटेको केही दिनमै मरेको दृश्य चित्रले ऊ दोषी ठहरिको छ । भैंसी मारेको जरिमाना र साहुको सबै ऋण चुक्ता गर्न घरबारी नन्दे ढकाललाई सुम्पिएर धने पिठयूँमा झोला बोकेर श्रीमती र छोरा लिएर बसाइँ हिँडेको दृश्य चित्रले पाठकलाई मर्म स्पर्शी तुल्याउँछ । धने आर्थिक दरिद्रता, शोषण र सामाजिक दबाब तथा झुमा र मोटे कार्की सामाजिक सङ्कीर्णता, मानसिक डरले बाध्य भई जन्मभूमि छोडेर बसाइँ हिँडेको दृश्य निकै पीडादायिक छ । रिकुटेले झुमाको सतीत्व लुटेर गर्भ बोकाई भागेको दृश्यले नारी अस्मिताको रक्षमा चुनौती थपेको छ । झुमाले राँगेभीरबाट मर्न हाम फाल्ने बेला मोटे कार्कीले पछाडिबाट समातेर मर्न नदिएर मानवताको उत्कृष्टता नमुना दृश्यमार्फत् प्रकट गरेको छ । मानवतावादी मोटे कार्कीले झुमासँग विवाह गरी गर्भको बच्चा स्वीकारी कसैले नदेख्ने गरी बसाइँ हिँडेको दृश्य चित्रले पाठकलाई भावनात्मक रूपमा प्रभावित बनाएको छ ।
Zitieren
APA
शेर्पा, D. द. S., पुन, D. B. ड. P., & ढकाल, K. R. क. D. (2026). बसाइ उपन्यासमा प्रस्तुत दृश्य चित्र. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 145-152. https://doi.org/10.3126/bns.v29i1.95342
Vancouver
शेर्पा DदS, पुन DBडP, ढकाल KRकD. बसाइ उपन्यासमा प्रस्तुत दृश्य चित्र. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा). 2026;29(1):145-152. doi:10.3126/bns.v29i1.95342
BibTeX
@article{2026,
author = {शेर्पा, Dawa दावा Sherpa and पुन, Dambar Bahadur डम्बरबहादुर Pun and ढकाल, Krishna Raj कृष्णराज Dhakal},
title = {बसाइ उपन्यासमा प्रस्तुत दृश्य चित्र},
journal = {Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा)},
year = {2026},
volume = {29},
number = {1},
pages = {145--152},
doi = {10.3126/bns.v29i1.95342}
}
EUVIMED