नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति
Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) · 01.07.2026 · 29 (1) · 107-120
DOI: 10.3126/bns.v29i1.95337 ↗Kurz gefasst
Fachartikel in der Zeitschrift Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), online erschienen am 01.07.2026. Verfasst von Shakti Raj शक्तिराज Nepal नेपाल. Der Volltext ist frei zugänglich (Open Access, CC BY-NC 4.0).
Abstract (Originalsprache)
प्रस्तुत लेख नेपाली शिक्षाका विद्यार्थीहरूको प्राज्ञिक लेखन अभ्यासको वर्तमान अवस्थाको अध्ययनमा केन्द्रित छ । उच्च शिक्षामा प्राज्ञिक लेखनलाई ज्ञान निर्माण, वैचारिक अभिव्यक्ति र अनुसन्धेय सक्षमताको मूल आधारका रूपमा लिइने भएकाले नेपाली शिक्षा विषय अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीहरूको लेखन अभ्यासको सर्वेक्षण गर्नु यस अध्ययनको प्रमुख समस्या र उद्देश्य रहेको छ । परिमाणात्मक अध्ययन ढाँचाअन्तर्गत व्याख्यात्मक सर्भे विधि अपनाई यसमा बहुवैकल्पिक प्रश्नावलीमार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । बहुस्तरीय क्षेत्रगत नमुनाका आधारमा आङ्गिक, सामुदायिक र संस्थागत क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तेस्रो सेमेस्टरका २७० जना विद्यार्थीलाई यस अध्ययनमा छनौट गरिएका छन् । त्यस जनसङ्ख्यालाई स्लोभिनको सूत्रानुसार गणना गर्दा अनि प्रतिक्रियाको अनुपलब्धताको प्रवृत्ति १०% राख्दा २०० जना नमुना छनोटमा परेका छन् । जम्मा १३ ओटा प्रश्नमा आधारित प्रश्नावलीमार्फत गोष्ठीपत्र लेखन, कृतिसमीक्षा लेखन, शोधप्रस्ताव लेखन तथा अन्य प्राज्ञिक लेखनलाई आश्रित चरका रूपमा लिई विद्यार्थीको लैङ्गिक पृष्ठभूमि, भाषिक प्रष्ठभूमि र क्याम्पसको प्रकृतिका आधारमा विश्लेषण गरिएको छ । अधिकांश विद्यार्थी शोधप्रस्ताव लेखनमा बढी अभ्यस्त देखिएका छन् भने गोष्ठीपत्र तथा अन्य लेखन अभ्यासमा अपेक्षाकृत न्यून संलग्नता पाइन्छ । छात्रा, एकभाषी र आङ्गिक क्याम्पसका विद्यार्थीमा शोधप्रस्ताव लेखनको अभ्यास बढी देखिएको छ । काइस्क्वाएर परीक्षणका अनुसार लैङ्गिक पृष्ठभूमिले प्राज्ञिक लेखन अभ्यासमा प्रभाव पार्ने देखिएको छ । त्यसले लेखन अभ्यासमा असमानता र एकरूपताको कमी जनाउँछ । यस लेखले नेपाली शिक्षाका विद्यार्थीमा प्राज्ञिक लेखनको अभ्यास सुदृढ गर्न संरचित अभ्यास, नमुना लेखन, कक्षाशिक्षण र सरोकारवालाको सहभागितामा आधारित मार्गनिर्देशनको आवश्यकतालाई औँल्याएको छ ।
Zitieren
APA
नेपाल, S. R. श. N. (2026). नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 107-120. https://doi.org/10.3126/bns.v29i1.95337
Vancouver
नेपाल SRशN. नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा). 2026;29(1):107-120. doi:10.3126/bns.v29i1.95337
BibTeX
@article{2026,
author = {नेपाल, Shakti Raj शक्तिराज Nepal},
title = {नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति},
journal = {Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा)},
year = {2026},
volume = {29},
number = {1},
pages = {107--120},
doi = {10.3126/bns.v29i1.95337}
}
EUVIMED